काठमाडौं । पानामा पठाइदिन्छु भन्दै १८ लाख ३५ हजार रुपियाँ ठगी गर्ने पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न गणेश राउत भन्ने लोकबहादुर राउतलाई सामाखुशीबाट पक्राउ गरेको हो ।
उदयपुर घर भई हाल टोखा–१० बस्दै आएका राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाइदिन्छु भन्दै नक्कली ई–भिसासमेत बनाई पटक पटक गरेर १८ लाख ३५ हजार रुपियाँ लिएर सम्पर्कविहीन भएको पीडितको भनाई छ ।
पीडितको उजुरीको आधारमा खोजतलास गर्दा उनलाई सामाखुशीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । निजलाई वैदेशिक रोजगारसम्वन्धी ठगी कसुरमा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ ।