जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति आठ महिनापछी पक्राउ

Advertisement

काठमाडौँ । सङ्खुवासभा जिल्लाको ईलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मादी नगरपालिका ५ घर भएका बर्ष ३१ को ज्ञानबहादुर मोक्तानलाई घटना भएको आठ महिनापछी प्रहरीले पक्राउ गरेको हो ।

प्रतिवादीलेमादी नगरपालिका कि ३६ वर्षीय महिलालाई  २०७७ मंसिर १८ गते घरमा एक्लै भएको समयमा जबरजस्ती करणी गरेका थिए । मोक्तानले जबरजस्ती गरेको भनी मङ्सिर २२ गते ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी पर्नासाथ प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।  

Advertisement

घटना घटाएको चार दिन पछी मात्र प्रहरीलाई पीडित महिलाले जानकारी दिएकाले अभियुक्त घटना घटाए लगत्तै फरार रहेका रहँदै आएका थिए ।  लामो समय देखि फरार रहेका उनी जिल्ला बाहिर बिभिन्न स्थानमा गई लुकीछिपि बसेको अनुसन्धानबाट खुलेको छ । 

सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चैनपुरले मातहत प्रहरी चौकी मादी राम्बेनीबाट खोजतलासको लागी खटाएको बिशेष टोलीले मोक्तानलाई आफ्नै गाउँमा लुकिछिपि बसेको अवस्थामा २०७८ असार २८ गते पक्राउ गरेको प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

पक्राउ परेका मोक्तानलाई सोमवार नै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए ।
 

Advertisement

Advertisement