देउवा सरकारको जनतालाई पहिलो उपहार, सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको भोलिपल्टै सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरिएको हो । 

यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । विभागले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाएको छ ।

Advertisement

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत भाडा बढेको छ । तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको विभागले जानकारी दिएको छ । 

Advertisement

Advertisement