कुमारी बैंकका सीईओ भण्डारीको कार्यकाल सकियो, कामु सीईओमा तिमल्सिना नियुक्त

Advertisement

काठमाडौँ । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सना नियुक्त भएका छन् । 

कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमल्सिनालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव भोलानाथ ढुंगानाले जनाएका छन् । 

Advertisement

बैंकका सीईओ सुरेन्द्र भण्डारीको ४ वर्षे कार्यकाल आज समाप्त भएकाले आजैदेखि तिमिल्सिनालाई कामु सीईओको जिम्मेवारी दिइएको कम्पनी सचिव ढुंगानाले बताए ।  
 

Advertisement

Advertisement