आज (साउन १) तपाईंको आर्थिक कारोबार, व्यापार, व्यवसाय कस्तो रहला ?

Advertisement

आज २०७८ साल श्रावण महिनाको एक गते शुक्रबार, आषाढ शुक्लपक्षको सप्तमी तिथि । आज साउने सङ्क्रान्ति, साउन महिना आरम्भ । दक्षिणायन आरम्भ । आज थारु समुदायको गुरिया पर्व रहेको छ ।

मेष 
पेशाप्रति समर्पित रहने स्वाभाव हुने छ । पेशागत क्षेत्रमा उन्नति प्रगति र लाभ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । घर, घडेरी तथा जग्गा जमिनसँग सम्बन्धि विषयमा नोक्सानी हुने समय चलिरहेकाले यसबारेमा विचार गर्नु पर्ने देखिन्छ । 

Advertisement

वृष
पेशागत जीवनमा सफलता मिल्ने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । पदोन्नति तथा कदर हुने छ । बोलीको प्रभावमा बृद्धि हुने छ । रिस कडा हुने भएकाले संयमित रहनु होला । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । यात्राका विषयमा भने संयमित रहनु उपयुक्त हुने छ । 

मिथुन 
प्रभावकारी बोली भएको व्यक्तित्व बन्ने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । चतु¥याई बढ्ने छ । पेशागत जीवन स्थिर तर्फ जान खोजेता पनि भाग्यको साथ नरहेकाले अस्वाभाविक प्रकारका उतारचढावको सामना गर्नु पर्ने हुने छ । परिवारमा किचलो देखा पर्ने छ । 

कर्कट
मनोबलमा कमि आउने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने छ । परिवारको साथले गर्दा असजिलो परिस्थितिमा आड भरोसा प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । भाग्यहिनताको आभाष लागि रहने छ । 

सिंह
परदेश यात्रातर्फ आकर्षण बढ्ने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा उत्पन्न हुन पुग्ने छ । पेशागत जीवनमा संयमता अपनाउनु पर्ने छ । व्यवसायमा नोक्सानको अवस्था निम्तन जाने छ । 

कन्या
सितल खालको स्वाभाव भएको व्यक्तित्व बन्ने छ । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन् । त्यसैले धेरै महत्वाकांक्षा भन्दा व्यावहारिक लक्ष्य राखेर अघि बढ्दा उपयुक्त हुने छ । पेशागत जीवनमा भने स्थिरता देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा खुबी बृद्धि हुने छ । 

तुला
आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अघि बढि रहन उर्जा प्राप्त हुने छ । पारीवारिक जीवनमा पैतृक सम्पत्तिका विषयमा किचलो देखा पर्ने छ । 

वृश्चिक
मनमा नकारात्मक विचार र धारणाले सताउने भएकाले सकारात्मक दृष्टिकोण अभिबृद्धिमा प्रयास गर्नु होला । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि हुन पुग्ने छ । बोलीको प्रभावकारितामा भने गिरावट आउने हुँदा बन्न खोजेका कामहरु पनि बिग्रन पुग्ने भएकाले विचार पु¥याउनु होला । 

धनु 
पेशागत जीवनमा तिब्र गतिमा उतार चढाव देखिन जाने छ । धेरै जोखिम भन्दा औसत गतिमा अघि बढ्न खोज्नु उपयुक्त हुने छ । जीवनसाथिको साथ सहित पेशागत क्षेत्रलाई अघि बढाएमा वा सल्लाह लिएर निर्णयहरु लिएमा फाइदा मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने अभिबृद्धि हुन पुग्ने छ । शरीरमा थकाईको क्रम बढि देखा पर्ने छ । 

मकर 
दृढ खालको व्यक्तित्व बन्न पुग्ने छ । तर कतिपय सन्दर्भमा अरुले घमण्डि र मातेको जस्तो अनूभुत समेत गर्ने भएकाले यसको सीमालाई बुझ्ने प्रयास गर्नु होला । दाम्पत्य जीवनमा खटपट देखा पर्ने भएकाले संयमित भएर रहनु होला । बोलीको प्रभाव कम हुने छ भने आवश्यक ठाउँमा आवश्यक बृद्धिको अभाव भए जस्तो हुने छ ।

कुम्भ 
मनमा उदासिताले सताउने छ । मनमा अत्यन्त धेरै खिन्नताका मात्रा देखा पर्ने भएकाले धार्मिक आध्यात्मिक विषयमा मन लगाउँनाले शान्ति मिल्ने छ । बौद्धिक क्षेत्रमा उन्नति हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । ग्याष्ट्रिक र छाति सम्बन्धि समस्याले पिरोल्ने छ । 

मीन
भाग्यहिनताको आभाष हुन पुग्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । दाम्पत्य जीवनमा भने मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिम कम हुन पुग्ने छ । आम्दानीमा केही बढोत्तरी हुने छ भने पेशागत जीवनमा भने नसोचेका समस्याहरुले गाँज्ने छ । संयमित रहनु होला ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement