एमडीएमएसको कार्यान्वयन १५ दिन धकेलियो , ‘उपहारको मोवाइल दर्ता गरे ढुक्कले चलाउन पाइन्छ’

Advertisement

काठमाडौं । अहिले ग्राहकलाई  कुन मोवाइल फोन चल्ने हो ? कुन फोन नचल्ने हो ? भन्ने विषय निकै चासो बढेको छ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साउनदेखि अवैध मोवाइल चल्न नदिने गरी मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णय गरेसँगै ग्राहकलाई आफैंले चलाएको, असार मसान्तअघि उपहार पाएको वा आफन्तबाट लिएको तथा खरिद गरेकै मोवाइल पनि के हुन्छ भन्ने चासो र चिन्ता दुबै बढेको छ ।

प्राधिकरणले साउन १ देखि नै अवैध मोवाइल चल्ने र एमडीएमएस सिस्टम लागू हुने निर्णय गरे पनि तत्काल दुई सातासम्म एमडीएमएस भने कार्यन्वयनमा नआउँने जनाएको छ । दूरसञ्चार प्राधिकरणका उप–निर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग भने, ‘हामीले यही साउन महिनाबाटै एमडीएमएसको सुरूवात गर्ने योजना ल्याएको भएपनि प्राविधिक तयारी नपुगेकोले अझै केही दिन यो सिस्टम लागू नहुने भएको छ ।’

Advertisement

लामिछानेका अनुसार यसको मतलब तत्कालै ग्राहकले लिएका मोवाइल फोन बन्द भइ हाल्ने भने होइन् । सबै मोवाइलको आईएमईआई नम्बर प्राधिकरण दर्ता गर्नुपर्छ भन्ने हो । दर्ता नगरको मोबाइल चल्दैनन भनिएको हो । अवैध आयात भएका मोबाइल दर्ता हुन नआउने र ति मोबाइल चल्दैनन भनिएको हो । कुने पनि ग्राहकले चलाइरहेको र व्यापारिसँग खरिद गरेको मोवाइल नचल्ने भन्ने होइन् ।

उनले थपे ‘अहिले हामीले सोही विषयमा परीक्षण गरिरहेका छौं । उक्त परीक्षण अवधिभर ग्राहकहरूसँग भएको मोवाइल फोन थप दुई साता चल्नेछ र सो अवधिपछि भने कुनै पनि मोवाइलको आईएमईआई दर्ता नभएमा त्यस्ता मोवाइल फोन चल्दैनन् ।’

कसरी हुन्छ मोवाइल को आईएमईआई दर्ता ?
हाललाई व्यक्तिगत ररूपमा आयात गरेको मोवाइलको दर्ता प्राधिकरणको वेवसाइट https://eir.nta.gov.np/individual/register बाट गर्न सकिन्छ । प्राधिकरणका अनुसार हाल संचालनमा रहेका र प्रयोगमा आएका मोवाइलहररू संचालनमा कुनै बाधा अवरोध नआउने जानकारी पनि सम्बन्धित ग्राहकलाई दिएको छ ।

ग्राहकहरूले आईएमईआई दर्ता गर्नका लागि कुनै पनि झन्झट व्यहोर्नु नपर्ने प्राधिकरण बताउँछ । यसको मतबल ग्राहकहरूले दूरसञ्चार प्राधिकरणको वेबसाइटमा रहेको एउटा लिंकमा क्लिक गरेकै भरमा आफ्नो आईएमईआई दर्ता गर्न सक्छन् । अहिले वैदेशिक रोजगारका लागि बाहिरीएका नेपालीको संख्या चालिस लाख हाराहारीमा छ ।

उक्त संख्यामा रहेका नेपालीहरूले स्वदेश फर्किदा आफन्तलाई मोवाइल फोन वा ल्यापटप जस्ता उपहार ल्याउने पठाउन सक्छन् । त्यस्ता मोवाइलको पछाडिपट्टि रहेको र स्पष्ट देखिने गरी लेखिएको आईएमईआई नम्बर भने प्राधिकरणमा दर्ता हुनुपर्ने व्यवस्था भने गरिएको प्राधिकरणका अधिकारी बताउँछन् । त्यस्तै, विदेश गइसकेपछि कम आय भएका नेपालीले पनि बाहिरबाट केही उपहार बोकेर स्वदेश भित्रने गरेको छन्। नेपाली स्वदेश फर्कदा उपहार ल्याएका मध्ये मोवाइल फोनकै संख्या धेरै हुन्छ । 

प्राधिकरणका अनुसार अब विगतमा जस्तो सरासर नेपालमा मोवाइल फोन ल्याउने र चलाउने गर्न चाहिँ मिल्दैन । नेपालमा त्यस्ता उपहारका मोवाइल फोन चलाउन हुँदैन भन्ने नीति चाहिँ यस्तो व्यवस्था नगरिएको पनि प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकरणले भन्सार छलेर ल्याइने अवैध मोवाइललाई भने विस्थापन गर्न खोजेको उल्लेख छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक लामिछानेले १५ दिन सबै मोवाइल विगतको जस्तै निर्वाध रुपमै चल्ने बताउँछन।त्यसपछि भने ग्राहकले बाहिरबाट ल्याएका मोवाइल फोनको अनिवार्य रूपमा आईएमईआई दर्ता गराउँनै पर्छ । प्राधिकरणले ग्रे मार्केट कम गर्न यस्तो कदम चालेका बताएको छ । लामिछाने यस्तो कदम सुचारू हुनुभन्दा अगावै बजारमा ग्रे मोवाइल कम हुनु वा आयात नै रोकिन थाल्यो भन्ने विषय भने सकारात्मक भएकोब बताउँछन् । 

यस्तो एमडीएमएस सिस्टम लागू भएपनि भने यसबाट सबैभन्दा धेरै लाभ ग्राहकलाई नै हुने दाबी लामिछानेको छ । उक्त सिस्टमको प्रयोगबाट कानूनी ढंगले दर्ता भएका मोवाइल फोन चलाउने ग्राहकलाई सहजता हुने उल्लेख गरिएको छ । एमडीएमएस लागू भएसँगै अब मोवाइलको चोरी पैठारी रोकिने दाबी पनि प्राधिकरणको छ ।
   


 

Advertisement

Advertisement