लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ पदमा भट्टराईले सम्हाले कार्यभार

Advertisement

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले असार ३० गते भट्टराईलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आज साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् ।  

Advertisement

सन् १९९७ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका  भट्टराईले युनाईटेड, प्रुडेन्सियल र नेको इन्स्योरेन्समा  करिब दुई दशकको अनुभव बटुलेका छन् । उनी बीमा क्षेत्रमा अनुभवी मानिन्छन् ।  

Advertisement

Advertisement