एनआईसी एशियालाई चुनौति दिनेगरी सिभिल बैंकले ल्यायो नयाँ ‘प्रोडक्ट’हरू

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकलाई चुनौति दिनगरी सिभिल बैंकले नयाँ ‘प्रोडक्ट’हरू शुक्रबार शुभारम्भ गरेको छ । वाणिज्य बैंकहरूमै सबैभन्दा उच्च ब्याज दर दिनेगरी नयाँ निक्षेप प्रोडक्टहरू ल्याएको सिभिलले अब आफू आक्रामक बजार विस्तारमा जाने पूर्वसंकेत दिएको छ । 

बैंकले आज भर्चुअल कार्यक्रम गरी यी प्रोडक्टबारे जानकारी दिएको हो । पहिलो प्रोडक्ट सुपर प्रिमियम सेभिङ अकाउन्ट  ६.०१ प्रतिशत ब्याज दर दिने घोषणा गरिएको छ । यो अहिले बाणिज्य बैंकहरूले बचतमा दिएको सबैभन्दा उच्च ब्याजदर हो । एनआईसी एशियाले सञ्चालन गरेको यस्तै खाता निकै लोकप्रिय रहेको छ । 

Advertisement

सुपर प्रिमियम सेभिङ अकाउन्टमा बचतकर्ताले न्यूनतम २५ हजार रुपियाँ मौज्दात राखी खाता सुरु गर्न सक्नेछन् । साथै यसमा ६ वटा प्राणघातक रोग क्यान्सर, मेजर स्ट्रोक, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्स, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी आदीको लागि दुई लाख रुपियाँसम्मको निःशुल्क बीमा उपचार सुविधासमेत प्राप्त हुनेछ । यस योजनामा १८ वर्ष पूरा भई ५८ वर्ष ननाघेकाले सजिलै खाता खोल्न सक्ने छन् । 

यस्तै, सिभिल बैंकले ७ दशमलव ०१ प्रतिशत ब्याजदरमा अर्को रिकरिङ डिपोजिट खुत्रुके खाता निक्षेप योजना पनि ल्याएको छ । यसमा निक्षेपकर्ताले न्यूनतम पाँच सय रुपियाँदेखि माथि जति पनि रुपियाँ बचत गर्न सक्छन् । 

दुईदेखि १० बर्षसम्मका लागि बचत गर्न सकिने यस योजनामा विशेष परिस्थितिमा ७० प्रतिशतसम्मको कर्जा सुविधासमेत प्राप्त हुनेछ  । कर्जामा ९ दशमलव ०१ प्रतिशत ब्याजदर रहने बैंकले जनाएको छ । 

Advertisement

Advertisement