मौद्रिक नीति ढिलो हुने, ‘अर्थतन्त्रको अवस्था समेटिएको स्वेतपत्र ल्याउँदैछौँ’: अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय र मातहतका निकायको जानकारी लिइरहेको र सम्बन्धित विभागसँगको समन्वयमा आवश्यक जानकारी लिइरहेकोले मौद्रिक नीति ढिलो आउने संकेत गरेका छन् । मन्त्री शर्माले कति समय ढिलो भनेर स्पष्ट नपारेको भएपनि नयाँ सरकार बनेसगै आफूले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको तीन दिन मात्रै भएकोले आवश्यक समन्वय भइरहेको बताएका छन् ।

उनले मौद्रिक नीति ल्याउन हतार नगर्ने र केही समय ढिलो गरेर मात्रै मौद्रिक नीति ल्याउने संकत पत्रकार सम्मेलनमार्फत गरेका छन् । आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारी राष्ट्र बैंकले गर्ने भनएपनि सरकारको निर्देशनमा मात्रै मौद्रिक नीति आउने गर्छ । अर्थ मन्त्रालयको आवश्यक समन्वय र निर्देशनमा मौद्रिक नीति आउने गर्छ । मौद्रिक नीति राष्ट्र बैंकले ल्याउने भएपनि विभागिय मन्त्रीसँगको समन्वयमा मात्रै आउने गर्छ ।

Advertisement

अर्थतन्त्रको समग्र अवस्था समेटिने गरी श्वतपत्र ल्याइने
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारसँगको भेटघाटमा अर्थमन्त्री शर्माले केही दिन भित्रै अर्थतन्त्रको समग्र अवस्था समेटेर मौद्रिक नीति ल्याउने पनि बताएका छन् । उलने अर्थतन्त्रको पछिल्लो अवस्थाको जानकारी दिने र अवको रणनीति समेटेर उक्त श्वेत पत्र ल्याउने बताएका हुन ।

अर्थतन्त्रको सूचकांक र गत आव २०७७/७८ सकिएकोले आगामी आवकै लागि दृष्टिगत गरेर स्वेतपत्र आउने भएको छ । यसका लािग मन्त्री शर्माले मन्त्रालयका सचिव र सम्बन्धित विभागका कर्मचारीलाई स्वेतपत्रको तयारी गर्न आग्रह गरिसकेको छन् । अब अर्थतन्त्रको समग्र अवस्थाका समेटिएको स्वेतपत्र आउँछ र सोही स्वेपतत्रलाई आधार बनाएर आगामी आर्थिक वर्षका लागि सरकारको रणनीति तय हुने पनि मन्त्री शर्माले बताए ।

बजेट अध्यादेश के गर्ने भन्ने टुंगो संसदले नै लगाउने

मन्त्री शर्माले चालू आबको बजेट पनि आगामी ३ साउनमा बस्ने पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा पेश गर्ने र सोही बैठकले बजेटको गति के हुने भन्ने दिशा निर्देशन गर्ने पनि बताएका छन् ।

सर्वोच्च अदालतले केपी ओलीले विघटन गरेको प्रतिनिधिसमा पुनस्थापन गरेर ३ साउनसम्मा वैठक बोलाउन आदेश दिएको थियो । अदालतको आदेशबमोजिम ३ साउनमा पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । 

सोही बैठकमा केपी ओली नेतृत्वको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट अध्यादेश पेश हुने भएको छ । शर्माले भने ‘ संसद बसेको पहिलो दिन मै बजेट अध्यायदेश सांसदमा  पेस हुन्छ । संसदले नै बजेटको बारेमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषय पनि तय गर्ने सदनबाटै हुन्छ ।


 

Advertisement

Advertisement