भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला, रातिमा पनि उत्कृष्ट फोटो खिच्नसक्ने

Advertisement

काठमाडौं । विश्वको अग्रणी स्मार्टफोन भिभो नयाँ संस्करण भी–२१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला भएको छ । यो फोन खरीद गर्न चाहनेका लागि जुलाई १६ देखि १९ तारिखसम्म अग्रिम बुकिङ गर्न पाइने छ । 

अग्रिम बुकिङ अफलाइन स्टोर खुद्रा बिक्रेताहरूकहाँ गर्न सकिने भिभो नेपालले जनाएको छ । यो नयाँ पुस्ताको स्मार्टफोन हालमा बजारमा निकै मन पराइएको र यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा क्षमतायुक्त मानिएको छ । अझ खासगरी कम प्रकाश भएको ठाउँमा बढी उपयुक्त ठहरिएको कम्पनीको भनाई छ ।

Advertisement

अग्रिम बुकिङ गर्न चाहने ग्राहकले दुई हजार रुपियाँसहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित बिक्रेताकहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र बिक्रेताले आधा राख्नेछन् । भिबिए र बिक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ खरीद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ । 

प्रविधिमा नयाँ मापदण्ड सहितको भिभो भी २१ नयाँ आएका स्मार्टफोन मध्येमा बढी क्षेत्रमा प्रभाव पनि सफल भएको छ । यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओआईएस (अप्टिकल इमेज स्टेबिलाइजेशन) प्रविधि छ । कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीहरूले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्ने कम्पनीको भनाई छ । 

भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मा स्लीक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएकोे छ । यसको बनौट ७ दशमलव २९ मिलिमिटरमा छ जसले ग्राहकको चाहना पूरा गर्न सक्छ । यो स्टाइलिस्ट र सोफिस्टिकेटेड स्मार्टफोनको तहमा आउँछ । भी२१ ग्राहकको जीवन पद्धतिसँग मिल्दोजुल्दो रहेको भिभो नेपालको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement