बिजुली उत्पादन क्षमता १६ सय मेगावाट पुग्यो, एक वर्षमा थपियो ३२२ मेगावाट

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ सम्ममा बिजुली उत्पादन क्षमता १६ सय मेगवाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार राष्ट्रिय प्रसारणमा जडित कुल क्षमता १६०० मेगावाट पुगेको छ भने हाल व्यापारिक उत्पादनमा भने १४२६ मेगावाट मात्रै रहेको छ । योसँगै गत आर्थिक वर्ष करिब ३२२ मेगावाट बिजुली थप भएको पनि नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार राष्ट्रिय प्रसारणमा जोडिए पनि परीक्षण उत्पादनकै क्रममा रहेको माथिल्लो तामाकोशीको १५२ मेगावाट र र शुक्रबारबाटै थपिएको २५ मेगावाटको सिंगटी हाइड्रोको व्यापारिक उत्पादन सुरु भएको छैन् ।

Advertisement

यी जलविद्युतले १५ दिनसम्म नेपाल विद्युत् प्राधिकणलाई निःशुल्क बिजुली दिनुपर्ने र परीक्षणमा सफल भएपनि मात्रै व्यापारिक उत्पादनमा जाने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनले भने ‘राष्ट्रिय प्रसारणमा जोडिएपनि व्यपारिक उत्पादन भइसकेको र पूर्ण क्षमतमा आयोजना सञ्चालन नहुने भएकोले पनि जडित क्षमताभन्दा कम मात्रै बिजुली उत्पादन भइरहेको हुन्छ ।

तिम्सिनाका अनुसार यो बाहेक नै कुनै आयोजना मर्मतमा हुन्छ, कुनै आयोजनाले क्षमता अनुसार विजुली उत्पादन दिन सक्दैन् । त्यसैले जडित क्षमता मात्रै १६ सय मेगावाट पुगेको भएपनि त्यति नै बिजुली आइहाल्ने भन्ने चाहिँ होइन् ।

तिम्सिना भन्छन्, ‘गत आर्थिक वर्ष २०७७/७८ मा व्यापारिक उत्पादन सुरु गरेका अर्थात कमर्सियल अपरेसन डेट (सीओडी) भएका आयोजना निजी क्षेत्रको १३६ र नेपाल विद्युत प्राधिकरणको सोलार प्रोजेक्टबाट १२ मेगावाट छन् ।’ सीओगी भएकायी आयोजनाबाट कुल १४८ मेगावाट मात्रै बिजुली थप भएको हो । सीओडी भएका यस्ता आयोजना अघिल्लो वर्ष २०७६/७७ मा १२७८ मेगावाट थियो भने गत आवमा १४२६ मेगावाट पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार अर्थात ३१ असारको दिउँसो २:३० मा निजी क्षेत्रबाट विद्युत् उत्पादन गरिरहेका स्वातन्त्र ऊर्जा उत्पादक (आइपीपी) को २५ मेगावाट क्षमताको सिङटी हाइड्रोले परीक्षण उत्पादन सुरु गरेको छ । यो आयोजनासँगै दुईसाता अगाडि बाढीले बगाएको मस्र्याङ्दी करिडोरको प्रसारण लाइनको टावर इक्युभ्यालेन्ट सिरिज रेजिस्टेन्स (इआरएस) अन्तर्गत मर्मत पश्चात् बन्द रहेको ७० मेगावाटको मध्यमर्स्याङ्ग्दी  शुक्रबार राती ९स्१५ बजे  देखि नै राष्ट्रिय प्रणाली  अन्तर्गत इन्टिग्रेटेड नेशनल पावर सिस्टम/ग्रीड (आइएनपीएस) मा जोडिएको छ।

आव २०७६/७७ सम्म ग्रीडमा ६९६ मेगावाट जोडिएको निजी क्षेत्रको विद्युत् थप भएको थियो । आव २०७७/७८ मा भने करिब ३१० मेगावाट (तामाकोशी १५२ सहित० थप भएको छ । गत वर्ष उत्पादन भएका ३१० मेगावाट जोेगेर १००६ मेवा र नेविप्राको नुवाकोटको ११ मेवाको सोलार सहित आजसम्म कुल ३२२ मेवा विद्युत  राष्ट्रिय प्रणालीमा जोडिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

समग्रमा गत वर्ष राष्ट्रिय प्रणालीमा जोडिएको बिजुलीको कुल जडित क्षमता १६०० मेगावाट पुगेको प्राधिकरणको बताएको छ । यस ५३ मेगावाटको थर्मबाहेक नै प्राधिकरणको ५९४ मेगावाट र निजी÷सहायक कम्पनीको १००६ मेगावाट रहेको पनि उल्लेख छ ।

हाल प्राधिकरणबाट ७८४५ मेगावाट घण्टा, निजीबाट १३ हजार ३७ मेगावाट प्रतिघण्टा, आयात ४ हजार ३९१ मेगावाट घण्टा रहेको छ । ऊर्जाको माग २५ हजार २७३ र पीक डिमान्ड १ हजार २७६ मेगावाट रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । 
 

Advertisement

Advertisement