कर्पोरेट नेपालको बजार व्यवस्थापकमा संगीता खत्री नियुक्त

Advertisement

काठमाडौं । बिजकेयर नेपाल प्रालिद्धारा सञ्चालित आर्थिक अनलाइन पत्रिका कर्पोरेट नेपाल डट कमको बजार व्यवस्थापकमा संगीता खत्री नियुक्त भएकी छन् । विगत एक दशकदेखि विभिन्न मिडियामा रहेर बजार व्यवस्थापनको काम गर्दै आएकी उनी आइतबारबाट यस कम्पनीमा सेवा सुरु गरेकी हुन् । 

यसअघि कर्पोरेट खबरमा काम गर्दै आएकी खत्रीसँग नेपालको कर्पोरेट हाउसहरूसँग राम्रो सम्वन्ध हुनुका साथै कुशल बजार व्यवस्थापन कला रहेको छ । 

Advertisement

Advertisement

Advertisement