मिटर ब्याजी गणेश उप्रेती १९ करोड रुपियाँको चेकसहित पक्राउ

Advertisement

काठमाडौँ । दोलखा जिल्ला घर भई हाल ललितपुर भैंसेपाटी बस्ने मिटर ब्याजी गणेश उप्रेती १९ करोड रुपियाँको चेकसहित पक्राउ परेका छन् । 

विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपियाँको चेकसहित उनलाई केन्द्रय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार चाबहिल मित्रपार्क स्थित द्रिशान्त अटोमोबाइल प्रालिबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जनाएका छन् । 

Advertisement

३३ वर्षीय उप्रेतीसँग भक्तपुर ठिमीका प्रकाश कार्की र काठमाडौँ कोटेश्वरका हेमरा गुभाजुले विभिन्न मितिमा चर्को मिटर ब्याजमा पैसा लिएका थिए । उप्रेतीबाट कार्कीले ४ करोड १६ लाख रुपियाँ र गुभाजुले ४ करोड १४ लाख रुपियाँको चेक लिई सो बापतको रकम नदिएमा ज्यान मार्ने धम्की दिंदै आएका थिए । 

पीडितहरुको निवेदनका आधारमा खोजतलास गर्दा चर्को ब्याज असुल गरी रकम लगानी गर्न र अपराधिक गिरोह प्रयोग गरी ज्यान मार्ने धम्की दिने उप्रेतीलाई पक्राउ गरिएको र हाल अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महतोले विज्ञप्ति मार्फत जनाएका छन् ।    

Advertisement

Advertisement