‘ए लेभल’ विदेश जानको लागि मात्र होइन्ः प्रिन्सिपल, काठमाडौं वर्ल्ड स्कुल

Advertisement

काठमाडौं । अहिले नेपालको सबैभन्दा स्तरीय विद्यालयमा कुन कुन पर्छन् ? भनेर खोज्दा सबैभन्दा अगाडि काठमाडौं वर्ल्ड स्कुल औंल्याउने गरिन्छ । विद्यालय अध्ययनका लागि कुनै पनि हुनेखाने र घरानियाहरूले आफ्ना सन्तानलाई विदेश पठाउनु नपरोस भनेर स्थापना भएको यो विद्यालयतर्फ पछिल्ला दिनमा धेरैको ध्यानाकर्षण भएको देखिन्छ । 

भक्तपुर गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलको संरचना हेर्दा युरोपका चर्चित शैक्षिक संस्थाहरूको भन्दा कम देखिन्न । विश्वस्तरीय शिक्षाका लागि लक्षित गरेर निर्माण गरिएका विद्यालयका भौतिक संरचना, आधुनिक सेवा सुविधा, आवास, गुणस्तरीय शिक्षा, चौधरी समूह जस्ता ठूला व्यवसायिक घरानाको लगानी जस्ता कुराहरूले गर्दा यो विद्यालयको ‘हाइट’ बढाएको छ । तर विद्यालय सुरुवाती चरणमा रहेकाले भोलिका दिनमा लक्ष्य र उद्देश्यअनुसार नेपाली विद्यार्थीको पलायन रोक्न र विदेशी विद्यार्थीलाई भित्राउन कति सफल हुन्छ ? यो उसका लागि चुनौति बनेको छ । 

Advertisement

काठमाडौं वर्ल्ड स्कुल नै किन ? 
आवासीय सुविधासहितको ठूलो क्षेत्रफल र रमणीय ठाउँमा रहेको काठमाडौं वर्ल्ड स्कुल परिसर घुम्दा विद्यार्थीमैत्री वातावरण पाउन सकिन्छ । करिब छ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा विद्यार्थीले घरैबाट पनि पढ्न सुविधा पनि छ । विद्यालयले अहिले प्लस टू र ए लेभलका लागि पनि भर्ना खुलाएको छ । यो भर्नाले विद्यार्थी संख्या अझै बढ्ने आँकलन विद्यालय व्यवस्थापनको छ । 

काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थीले कक्षा एकमा भर्ना भएपछि प्लस टू सम्मको अध्ययन अन्यत्र धाइरहनुपर्दैन् । यहाँ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा ए–लेभल कार्यक्रम सञ्चालन छन् । स्थापनाको चौथो बर्षमा प्रवेश गरिसकेको यस विद्यालयमा हाल ६५ जना अनुभवी र दक्ष शिक्षकहरू छन् । 

एसईई परीक्षा दिएपछि विद्यार्थीलाई ठूलो चिन्ता र चासो अब के पढ्ने ? कहाँ पढ्ने ? भन्ने हुन्छ । यो चिन्ता र चासोलाई सम्बोधन गर्न काठमाडौं वर्ल्ड स्कुल तयारी अवस्थामा छ । भिन्न शैली, भिन्न वातावरणमा विद्यार्थीलाई गृहकार्यको खासै प्रेसर नहुने गरी पठनपाठन गर्ने यो विद्यालयको पढाउने शैली अरु विद्यालयको भन्दा निकै फरक देखिन्छ । रमाइलो शैलीमा पढाउने तथा सिकाउने शैलीले गर्दा काठमाडौं वर्ल्ड स्कुलका विद्यार्थीहरूमा छुट्टै खालको प्रभाव परेको छ । 

सरकारको नियमअनुसार १० प्रतिशत विद्यार्थीलाई हरेक निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिनुपर्छ । त्यो कुरालाई काठमाडौं वर्ल्ड स्कुलले पूर्णरुपमा पालना गरेको छ । विद्यालयले हरेक बर्ष अभिभावक दिवस मनाएर उनीहरूसँग रायसुझाव लिने र अन्तरक्रिया गर्ने गरेबाट पनि आफूलाई परिस्कृत गर्दै लैजान उसलाई सहज भएको छ । अभिभावक, विद्यार्थी र स्कुलको त्रिपक्षीय सम्बन्धबाट मात्रै शिक्षा प्रणाली राम्रो हुने विश्वास काठमाडौं वर्ल्ड स्कुलको छ । 

कोरोना महामारी र त्यसको नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा तथा लकडाउनले गर्दा शिक्षा क्षेत्र निकै प्रभावित बनेको छ । यस विषम परिस्थितिमा काठमाडौं वर्ल्ड स्कूलले अनलाइनबाटै पढाई सञ्चालन गर्यो । विगतमा विद्यार्थीको लब्धाङ्कपत्र हेरेर आफ्ना छोराछोरीको मूल्यांकन गर्दै आएका अभिभावकले यस पटक भने अनलाइन क्लासमार्फत सिधै कक्षा कोठाको पनि अवलोकन गर्ने अवसर पाए । स्कुल आफैले गरेको एक खोजमा अनलाइन कक्षालाई ९७ प्रतिशत अभिभावकले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । सरकारले अनुमति दिएमा पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिकरूपमा नै विद्यार्थी सञ्चालन गर्नसक्ने अवस्थामा आफू रहेको काठमाडौं वर्ल्ड स्कुलले बताएको छ । 

वि.सं. २०७२ सालमा विद्यालय संरचना निर्माण अघि बढेको यस विद्यालयको निर्माण कार्य सक्न अझै दुई बर्ष लाग्ने अनुमान गरिएको छ । निर्माण कार्य सम्पन्न भएपछि स्विमिङ पुल, बास्केट बलका तीन वटा कोर्ट, व्याडमिन्टन, टेवल टेनिस, ठूलो फुटसल, नेट बल, मार्सल आट्स, क्रिकेट नेट, भलिबललगायतका इन्डोर र आउटडोर सुविधासहितको पूर्ण विद्यालय तयार हुनेछ । आफूले चाहेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न मास्टर प्लान अनुसार स्कूलले काम गरिरहेको छ । 

त्यस्तै, प्लस टू मा अनिवार्य विषय फिजिक्स, केमेस्ट्री, वायोलोजी, म्याथम्याटिक्स, बिजनेस स्टडिज जस्ता विषय राखेको काठमाडौं वर्ल्ड स्कुलले ए लेभलमा समाजशास्त्र, कानुन लगायतका विषय छनोट गरेको छ । सबै तहका विद्यार्थी बिहान सवा ८ मा स्कूल आईपुग्छन् । दिउँसो साढे २ देखि साढे ३ को हाराहारीमा छुट्टि भईसक्छ । 

यस्तो छ प्रिन्सिपल केशरबहादुर खुलालको भनाई
प्लस टू मा हामीले ए प्लस नै ल्याउनु पर्छ, सबैले घोक्नैपर्छ भन्ने छैन् । हामीले अहिले विद्यार्थीले आफै चाहिने नम्बर ल्याउनसक्ने बनाउँछौं । बजारमा जाँदा विद्यार्थीले प्रतिस्पर्धा गर्नसक्ने किसिमले उनीहरूलाई गाईड गछौं । प्लस टू पढ्ने विद्यार्थीलाई खुशीको कुरा के छ भने अब घोकेको विद्यार्थीले ए प्लस ल्याउँदैन् । विद्यार्थीले आफ्नो चलाखी नै प्रयोग गर्नुपर्छ । ए लेवलको मुख्य उद्देश्य पनि यही हो ।

सबैभन्दा पहिला के को लागि पढ्ने ? भन्ने कुरा साह्रै महत्वपूर्ण हुन्छ । काठमाडौं वर्ल्ड स्कूल नै किन भन्ने ? प्रश्नको जवाफ यहीसँग मिल्दो जुल्दो हुन्छ भन्ने मलाई लाग्छ । पढाईसँग धेरै पक्षहरू जोडिन्छन् । एउटा कुनै विषयगत ज्ञान प्राप्त गरेर त्यसमा अंक ल्याउने कुरा एउटा पक्ष हो । अर्को भनेको जीवनलाई आवश्यक सीप, जीउने कला र आफूभित्र अन्तरनिहीत क्षमता पत्ता लगाउने अर्को पक्ष हो । साथै, आफूले पत्ता लगाएका अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न प्रयास गर्नु जरूरी हुन्छ । शिक्षाको उद्देश्यमा यो कुरा पनि जोडिन्छ । काठमाडौं वर्ल्ड स्कुलले यी दुवै कुरा गर्छ । विषयगत ज्ञानमा दक्षता र त्यसको साथ साथै विद्यार्थीलाई यस्तो अवसर पनि दिन्छ । अवसरहरू सदुपयोग गर्दै जाँदा विद्यार्थीले आफूभित्र के छ ? भन्ने कुरा बिस्तारै थाहा पाउँछन् । 

एकछिन बसेर सोचेर यसो गर्छु भनेर मात्रै हरेक विद्यार्थीको क्षमताको विकास नहुने रहेछ । भगवानले कुन व्यक्तिलाई कस्तो शक्ति दिएका छन् ? सोही अनुसार नै उक्त व्यक्तिले आफ्नो दक्षता हासिल गरेको हामीले पाउँछौं ।  हामीले अन्तरमनदेखि सोच्ने हो भने आफ्नो क्षमता पत्ता लगाउन त्यति गाह्रो पनि छैन् । म यसमा पो राम्रो रहेछु भन्ने आफैले मनन गर्ने कुरा पनि हो । अब आफूलाई बन्न मन लागेको क्षेत्रमा आफूलाई दक्ष बनाउन, आफूलाई निर्खान र सफलतालाई पूर्णता दिनका लागि हामीले यो संरचना तयार गरेका हौं । विद्यार्थीले दक्ष बन्न खोजेको वातावरण धेरै विद्यालयले दिन सक्दैनन् । तर काठमाडौं वर्ल्ड स्कुलले त्यो पूरा गर्छ भन्ने मलाई विश्वास छ ।

नेपालमा गुणस्तरीय शिक्षा
गुणस्तरीय शिक्षाको परिभाषा के हो ? गुणस्तरको मापक केलाई मान्ने ? भन्ने पनि महत्वपूर्ण हुन्छ ।  पहिला पहिला एउटा विषयलाई कन्ठ पारेर त्यसलाई परीक्षामा लेख्नसक्दा उसैलाई विद्धान मानिन्थ्यो । तर अहिले त विद्यार्थीले पढेको कुरा कापीमा मात्र नभई व्यवहारमा समेत उतार्नुपर्छ । त्यसरी उतार्दा पनि अरूले भन्दा फरक तरिकाले उतार्नुपर्छ । जो व्यक्तिले कुनै पनि काम फरक तरिकाले गर्नसक्छ उ नै प्रतिस्पर्धी बजारमा सफल हुन्छ । जीवनमा सफल हुन्छ । नसक्दा पछि पर्छ ।

सिर्जनात्मकरूपमा काम गर्न अहिले विद्यार्थी एउटा विषयमा विशिष्ट बन्नु नै पर्छ । त्यसको साथ–साथै अतिरिक्त ज्ञान पनि हाँसिल गर्नु जरूरी छ ।  यसको मतलब विद्यालयहरूले नयाँपन ल्याउन प्रयास नै नगरेका भन्ने त होइन । तर अझै पनि कता कता हाम्रोमा पुरातनवादी चलन शिक्षा प्रणालीमा विद्यमान हुँदा त्यसले धेरै विद्यालयलाई नयाँ ढंगले अघि बढ्न त्यति सहज पनि छैन् ।

पाठ्यक्रम
हाम्रो शिक्षा क्षेत्रमा समय समयमा पाठ्यक्रम परिमार्जन गर्न नसक्नु पनि ठूलै समस्या हो । अमेरिकामा लिवरल एक्ट भन्ने पोलिसि आएपछि शिक्षा क्षेत्रमा आमूल परिर्वतन भएको हो । त्यसपछि विद्यार्थीले धेरै अवसर पाउन थाले । हाम्रो विद्यालयहरूले अझै पनि विद्यार्थीलाई त्यस्ता अवसर दिन सकेको अवस्था छैन् । तर काठमाडौं वर्ल्ड स्कुलले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरका शिक्षा प्रणाली अभ्यास गरिरहेको छ । यसरी हेर्दा हामीले हाईब्रिड किसिमको शिक्षा दिइरहेका छौं । नेपाल सरकारको नीतिमा भएको शिक्षा त हामीले पढाउँछौ नै । तर हामीले अन्य अवसर पनि दिन्छौं ।

यहाँ विद्यार्थीले पढाईलाई बोझको रूपमा नभई स्वतन्त्रतापूर्वक शिक्षा हाँसिल गर्न सक्छन् । हामीले विद्यार्थीलाई जीवन जीउने कला पनि सिकाउँछौं । साथै समाजमा कस्तो व्यवहार गर्ने ? भन्ने कुरा पनि सिकाउँछौं । यहाँ नाच्ने पढ्ने खेल्ने सबै सुविधा छ । हाम्रोमा सिफ्ट सिस्टम छैन् । बिहान सवा ८ मा विद्यार्थी आएर दिउँसो ३ बजेसम्म ६ वटा विषय पढ्छन् । त्यसपछि नयाँ खेल खेल्छन् । अरू कुरा सिक्न पनि पाउँछन् ।

अहिले एनईबी (राष्ट्रिय परीक्षा बोर्ड)ले नै फ्याकल्टी हटाएको छ । विद्यार्थीलाई  सुविधा ल्याएको छ । तर बजार त्यसका लागि तयार  भइसकेको छैन् । बिस्तारै तयार त होला । तर अहिले पनि प्लस टू मा यो यो विषय पढेकोले मात्रै यो पढन पाउने छ भन्ने बन्देज विश्वविद्यालयमा विद्यमान नै छ । राज्यले नै कठोर नीति लिएमा यसमा परिर्वतन होला । हामीले पनि अहिले सोही फ्याकल्टी सिस्टमभन्दा बाहिर जान मिल्दैन । तर त्योभन्दा बाहेकमा हामीले विद्यार्थीलाई सुविधा दिएका छौं । विद्यार्थीले आफूलाई मन लागेको एउटा विषय छान्यो भने हामीले आफूसँग भएको विषय पढाउँछौं । 

ए लेभल विदेश जानको लागि मात्र होइन् 
यो कुरा निकै समयदेखि उठ्दै आएको विषय हो । हामीले धेरै कार्यक्रममा पनि यही विषयमा चर्चा परिचर्चा भएको पाउँछौं । तर हामीले यो सत्य होइन भनेका छौं । यो गलत भ्रम मात्र हो । हामीले ठूला ठूला फोरममा नै ए लेभल र प्लस टू के हो ? भनेर बुझाउँदै आएका छौं । 

प्लस टू गरेर पनि विद्यार्थी ब्याचलर्सका लागि बाहिर गएका छन् । त्यस्तै, ए लेभल पढेर पनि नेपालमै विभिन्न विषय पढेका, राम्रो गरेका विद्याथी हामीसँगै छन् । त्यसैले हामीले वास्तविकता के हो ? भन्ने बुझ्नु जरूरी हुन्छ । 

ए लेभल पढेर पुल्चोक क्याम्पसमा टप गरेका विद्यार्थी पनि छन् । मेडिकल कलेजमा पनि नाम निकालेका छन् । तर विदेशमा धेरै अवसर भएकाले विद्यार्थी गएको चाहीं हुनसक्छ । नेपालमा ए लेभलको ग्रेड विश्वविद्यालयले नबुझेर पनि विद्यार्थीलाई केही समस्या भएको हुनसक्छ ।

यहाँ ए लेभल पढ्दा विद्यार्थीले भोलि नेपालमै उच्च शिक्षा पढ्न चाहेमा केही पनि झन्झट हुँदैन । ए लेवल जहाँ पढे पनि एउटै हो । नेपालका कुनै कुनामा रहेका विद्यार्थीले ए लेभल पढ्न चाहेमा खुल्ला हृदयले प्रिन्सिपल केशरबहादुर खुलालले स्वागत समेत गरेका छन् । 

Advertisement

Advertisement