आज (साउन ५) तपाईंको आर्थिक पक्ष कस्तो रहला ? (राशिफल हेर्नुहोस्)

Advertisement

आज २०७८ साल श्रावण महिनाको पाँच गते मंगलबार, आषाढ शुक्लपक्षको एकादशी तिथि । आज हरिशयनी एकादशी रहेको छ, आज तुलसी रोप्ने दिन । आजबाट चतुर्मास व्रत पनि आरम्भ हुने दिन रहेको छ ।

मेष 
मनमा निराशाले सताउने छ । तनावको अनुभुति मात्र बढि हुने भएकाले मन खुशी हुन सक्ने छैन ।  पेशाप्रतिको समर्पण बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग सम्पन्न गर्ने तर्फ जाँगर आउने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शेयर कारोवार औसत रहने छ । 

Advertisement

वृष
दाम्पत्य जीवनमा कटुताको सामना गर्नु पर्ने छ । बोलीको प्रभाव बढ्ने छ । रिस नियन्त्रण गर्न प्रयास गर्नु होला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि प्राप्त हुन जाने छ । तर साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । शेयर कारोवार अनुकुल रहन जाने छ । 

मिथुन 
धन सम्पत्ति नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनु होला । मनमा दुविधाका क्रम एक पछि अर्काे गरि आउने छन् । आन्तरिक बुद्धि भने सक्रिय हुने हुँदा बाठोपना कायम हुने छ । पेशागत जीवन औसत रहने छ । व्यवस्थापकीय क्षमतामा केही बृद्धि हुने छ । शेयर कारोवार औसत अवस्थामा रहने छ । 

कर्कट
अध्ययन अध्यापन प्रति निराशा आउने छ । सन्तान सुखको पनि अभाव हुने छ । मनोबलमा कमि आउने हुँदा कार्य सम्पन्नतामा बाधा हाल्ने छ । पेशागत जीवन निकै धैर्य भएर कदमहरु चाल्नु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सन्तुलित बनाई राख्न मद्धत पुग्ने छ । शेयर कारोवार प्रतिकुल रहने छ । 

सिंह
सुख सुविधाका विषयहरु खासगरी घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ । व्यक्तित्वमा ह्रास आउने छ । तर बोलीको प्रभावले गर्दा केही लाभ भने प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि केही बृद्धि हुने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई जोड दिनु उपयुक्त हुने देखिन्छ । शेयर कारोवार फाइदादायी रहने छ । 

कन्या
यात्राका विषयमा समस्या आउने छ । साथै आम्दानीका विषयमा उल्झनहरु र रोकावट देखा पर्ने छ । पेशागत जीवन स्थिर र सन्तुलित रहने छ । प्रभावकारी बोलीका कारण पेशागत जीवनमा सकारात्मक अवस्था देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेवारीमा सफलता हात लाग्ने छ । शेयर कारोवार सकारात्मक बन्ने छ । 

तुला
बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनु होला, अन्यथा कटु बोलीका कारण कामहरुमा बाधा आउने छन् । परीवारिक विषयमा मनमा नकारात्मक विचारले सताउने छ । आम्दानीमा केही बृद्धि हुने छ भने पेशागत जीवनमा भने द्वन्दात्मक वातावरणको सामना गर्नु पर्ने भएकाले संयमित रहनु नै उत्तम हुने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । शेयर कारोवार सकारात्मक देखिएको छ । 

वृश्चिक
मनमा निराशाका भावहरुले छोप्ने छन् । मनमा धेरै कुरा खेलाउने भन्दा हल्का रुपमा लिने र मनलाई शान्त बनाउने प्रयास गर्नु होला । पेशागत जीवन भने स्थिर रहने छ र आम्दानीमा पनि केही बृद्धि नै हुने हुँदा राहत मिल्ने छ । बोलीको प्रभावकारीतामा भने ह्रास आउने छ । व्यवस्थापकीय खुवीमा पनि गिरावट देखा पर्ने भएकाले धेरै जोखिममा जाने समय भने रहेको छैन् । शेयर कारोवार अनुकुल रहने छ । 

धनु 
मनमा दुविधा र अन्योलले सताउने छ । सोच्नै नपर्ने विषयमा पनि मन केन्द्रीत हुन पुग्दा मानसिक शक्ति अनावयश्यक रुपमा खेर जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु उठाउँदा ठिक हुने छ । मनोबल कमजोर बन्न पुग्ने हुँदा जोखिम भन्दा निरन्तरताको कदम उपयुक्त हुने समय देखिएको छ । शेयर कारोवार लाभदायी रहने छैन् । 

मकर 
आम्दानीमा गिरावट आउने छ भने यस विषयले मनमा पीडा दिइ रहने छ । व्यक्तित्व भने दृढताले भरिएको हुने छ । पेशागत जीवनमा द्वन्दसहित अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई आफ्ना विषयमा अघि बढ्नु पर्ने हुन सक्छ । साझेदारीमा गरिएका काममा अवरोधहरु र उतार–चढाव देखा पर्ने छ । शेयर कारोवार प्रतिफलमुखी रहने छ । 

कुम्भ 
आन्तरिक रुपमा बाठो व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने छन् । जसले गर्दा मनमा अन्योलताको मात्रा पनि बढाई दिने छ । पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा पनि चर्काचर्कीको अवस्था आउने देखिन्छ । व्यक्तित्व भने बौद्धिक स्तरको हुने छ । शेयर कारोवार अनुकुल रहने छ ।

मीन
भाग्यहिनताको आभाष मनमा भइ रहने छ । जसले गर्दा कार्य थालनी गर्नु अघि नै असफल हुन्छु कि भन्ने मनमा लाग्न जाने छ । आम्दानीमा हल्का केही बृद्धि हुने छ । पेशागत जीवनमा जोखिम देखिएको छ, अपमान सहनु पर्ने समय सक्रिय रहेकाले कामहरु धैर्य भएर गर्नु नै उत्तम हुने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा मद्धत पुग्ने छ । शेयर कारोवार औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement