विकल्प खोज्दै पर्यटन व्यवसायी, बिक्रीको सूचीमा राख्नेदेखि साझेदार खोज्नेसम्म
विभिन्न माध्यमबाट बिक्री गर्ने र आवश्यक छलफलमा रहेका कम्पनीको प्रतिनिधिमूलक फोटो

Advertisement

काठमाडौं । कोरोना महामारीपछि पर्यटन व्यावसाय अति प्रभावितको सूचीमा परेको छ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पुनरकर्जादेखि व्यवसायिक निरन्तरताको कर्जा दिएर सहजीकरण गर्ने प्रयास गरेको भएपनि त्यसको प्रभावकारिता कम हुँदा यो व्यवसाय अझै समस्यामै छ । सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउने घोषणाबाट उत्साहित भएर लगानी थप गरेका व्यवासायी, भएकै व्यवसायलाई विस्तार गरेकासम्मका व्यवासायीलाई महामारीले शिथिल बनाएको छ ।

कोरोना महामारी विश्वव्यापी हुन थालेपछि करिब डेढ वर्षदेखि ओरालो लाग्दै जान थालेको पर्यटन व्यवसाय अझै तंग्रिने अवस्थामा पुगेको छैन् । पर्यटक आउने वातावरण सिर्जना नभएसम्म यो क्षेत्र फस्टाउन नसक्ने व्यवसायी बताउँछन् । महामारीले पर्यटन क्षेत्रलाई शिशिल बनाएकै कारण हवाई उद्योग, होटल, रेस्टुरेन्ट, पर्यटक सवारीसहितका व्यवसायीले विकल्पको खोजी गर्न थालेको छन् ।

Advertisement

हवाई उद्योगमा आन्तरिक उडान सञ्चालन गरिरहेको सौर्य एयरलाइन्स महामारीपछि थप समस्यामा परेको छ । यो एयरलाइन्सले दुईवटा जहाज नियमित उडाउने प्रयास गरेको भएपनि अझै उडान व्यवस्थापन गर्न नसकेको सकेको छैन् । केही समय अघि नै यो वायुसेवालाई भारतीय योगगुरु रामदेवको समूहले खरिद गर्न चाहेको थियो । सौर्य एयरलाइन्सले करिब एक अर्ब रुपियाँ मागेपनि खरिद बिक्रीको टुंगो नलाग्दा उक्त समूह बाहिरियो ।

सौर्य एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्टराई केही व्यवासायिक साझेदार ल्याउनेदेखि कम्पनी नै बिक्री गर्नेसम्मको विकल्पमा लागेको भएपनि कुनै विषय टुंगोमा नपुगेको बताउँछन् । भट्टराई अहिले पनि यो एयरलाइन्सले उपयुक्त विकल्प खोजी गरिरहेको भएपनि कुनै निष्कर्षमा भने नपुगेको बताउँछन् ।

आन्तरिक उडानकै हेलिकप्टर कम्पनी प्रभु हेलकप्टरलाई पनि एउटा नेपाली व्यवसायीकै समूहले खरिद गर्न चाहेको थियो । प्रभु ग्रुपले ९० करोड रुपियाँ मागेको उक्त हेलिकप्टर कम्पनी पनि खरिद बिक्रीकै पाटोमा कुरा नमिल्दा हेलिकप्टर किनबेच भएन् । उपयुक्त व्यवासायिक समूह आए हेलिकप्टर जिम्मा लगाउने तयारीमा यो समूह रहेको छ ।

महामारीपछि त्रिभुवन विमानस्थलको प्रवेश गेट अगाडि नै रहेको तीन तारे होटल एयरपोर्ट होटल पनि बिक्रीको प्रयास भएको छ । यो होटलले ७५ करोड रुपैयाँमा बिक्री गर्न होटलको व्यवस्थापक तयार भएपनि होटल किन्न चाहेको एक नेपाली व्यवासायिक समूह खरिद बिक्रीमा टुंगो नलागेको भन्दै बाहिरियो । उक्त समूहले आफ्नो व्यावसायीक प्रयोजनको लागि कर्पोरेट कार्यालय बनाउन उक्त होटलको भवन प्रयोग गर्न चाहेको थियो । यो सूमह हाल नयाँ संचार उद्यम थप गर्ने तयारीमा छ ।

महारमारीपछि यती एयरलाइन्सले आफ्नो पाँच वटा जेटस्ट्रिम जहाज बिक्री गर्यो । यतीको जहाज गुण एयरलाइन्सले खरिद गरेर सञ्चालनको तयारी गरिरहेको छ । गुण समूहले उक्त जहाज खरिदमा करिब ५० करोड रुपियाँ खर्चिएको उल्लेख छ । कोरोना महामारी सुरु भएपछि थलिएको सिम्रिक एयर गुण एयरमा परिणत भएको छ । तर, यो वायुसेवाले अझै उडान सञ्चालन गर्न सकेको छैन् । गुणले दुईवटा जहाजबाट उडान सुरु गर्ने तयारी गरेसँगै थप वायुसेवा उडाउने प्रयास अझै पूरा हुन सकेको छैन् ।

महामारीले पर्यटन व्यवसाय चलाउनै समस्या हुने अवस्थामा पुर्याएको छ भने स्वामित्व परिवर्तन हुने र विकल्प खोज्ने काम पनि सामान्य भएको होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह बनाउँछन् । शाह भन्छन्,‘विकल्प खोज्ने, साझेदारी खोज्ने, भविष्यको योजना बनाउने काम सबैले गरेकै छन् नत्र कसरी चल्छ त ? शाह भन्छन्, ‘अहिले बिक्री हुन सक्यो भने उपयुक्त मूल्य पाइन्छ भनेर प्रयास भइरहेको छ ।’

शाह महामारीका कारण होटल व्यवसाय नचलेको अवस्थामा नयाँ खरिद गर्नेले पनि  पनि पुनः होटल नै सञ्चालन गर्न नआउने तर्क गर्दै भन्छन् होटल नचलेको समयमा फेरि यही क्षेत्रमा लगानी गर्न को नै आउँछ र ?’ व्यवसायीले व्यवसाय नचलेपछि बिकल्प खोज्ने काम त गर्ने पर्ने शाह बताउँछन् । शाहका अनुसार उपयुक्त मूल्य पाउँदा मेरो आफ्नै होटल मात्रै नभएर अरुले पनि बेच्न तयार भएका छन तर, यस्तो बेलामा किन्ने ग्राहक भने पाउन मुश्किल छ । होटल वा पर्यटन सम्बन्धित व्यवासायले साझेदारी खोज्ने, सेयर संरचना परिवर्तन गर्ने वा बिक्री गर्न विदेशी लगानीकर्तासम्म पनि आवश्यक छलफल भने चलाइरहेका छन् ।

बैंकको ऋणको ब्याज बढिरहेको छ भने होटलले आम्दानी नगर्ने यसको दायित्व मात्रै बढ्दै जाने हुँदा भाडामा लगाउने, कमर्सियल कम्प्लेक्स बनाउने, अरु नै व्यवसायिक प्रयोजनमा प्रयोग गर्ने सहितका सबै बिकल्प हेरिएको पनि हानका प्रथम उपाध्यक्ष शाह बताउँछन् । ‘होटलको रूपमा चलाउन सकिदैन, ग्राहक छैन् । अझै दुई वर्ष दुई बर्ष कसरी टिक्ने भन्ने चिन्ता व्यवसायी माझ रहेको छ।  अवका दिनमा होटललाई भाडामा दिने वा कमिर्सयल कप्लेक्स बनाउन  दिने वा किन्ने मान्छे आए बेच्न पनि सकिने तर्क शाहको छ ।

महामारीले समस्या हुन थालेकै कारण र्याडिशन होटल सञ्चालन गरिरहेको ओरियन्टल होटलले १३९ रोपनी जग्गा बिक्री गर्न लागेको छ । यसले पनि महामारीपछिको असहज अवस्थालाई दृष्गित गरेर ललितपुरमा रहेको उक्त जग्गा करिब ९० करोड रुपियाँसम्ममा बेच्न लागेको सार्वजनिक गरिसकेको छ ।

शाह सरकारले पर्यटन व्यवसायीले जम्मा २० करोड रुपियाँसम्मका पुनरकर्जा दिने, केही समयलाई ऋण तिर्न समय दिने वा आवश्वासन दिएर राख्नु भनेको माछा दिएर छाक टार्न सहयोग गरेको मात्रै गरेको बताउँछन् । उनी भन्छन्, ‘माछा दिएर एक दुइ छाक टर्ने भएपनि दीर्घकालिन रूपमा टिक्ने आधार भनेको माछा मार्न सिकाउनुपर्ने पनि हो ।’

होटल संघ नेपालका महासचिव शाजन शाक्य पनि अहिले समस्यामा समाधानको बाटो खोज्नैपर्ने बताउँछन् । शाक्य भन्छन्, ‘भाडाका होटल व्यवसायदेखि ठूला व्यवासायीसम्मलाई समस्या छ । त्यसैले उपयुक्त विकल्प खोज्नु सामान्य भएको उनको तर्क छ । अहिले होटल क्षेत्र समस्यामा भएकोले नयाँ लगानीकर्तालाई भने अझै पाँच वर्ष पर्खन सुझाव दिने गरेको पनि शाक्यले बताए ।

वैकल्पिक पेशा अपनाउँदै व्यवसायी
पर्यटन व्यवसायीले पर्यटनसँगै वैकल्पिक पेशा पनि अपनाउन थालेका छन् । ठमेलका पर्यटन व्यवसायी व्यवसाय छोडेर हिड्ने, अर्को पेशामा लाग्ने वा दायरा खुम्चाएर बस्न थालेका छन् । ठमेलमा होटल, ट्राभल तथा पर्वतीय  पर्यटनको व्यवसाय गर्ने अर्थबाउण्ड ट्राभलका प्रवन्ध निर्देशक राजन सिंखडा कृषिमा क्रियाशील हुन थालेका छन् ।

नुवाकोटमा ककनी अर्गानिक फार्म रिट्रीटको नाममा एकीकृत कृषि सञ्चालन गर्न थालेका सिंखडाले २८ वटा बाख्रा, दुई सय वटा हाँस, एक सय वटा कुखुरासहित फलफूलको खेति पनि थालिसकेका छन् । ६० रोपनी क्षेत्रफलमा कृषि व्यवसाय गर्न ६ जनाको समूहले जग्गा लिएको भएपनि अहिले सिंखडा एक्लै अगाडि बढिरहेका छन् । उनले भने ‘पर्यटक आउने वातावरण नभएकोले  अहिले विकल्प पनि हुने र भोलिका दिनमा पर्यटक आउन थालेपछि एग्रिकल्चर एक्सपिरियन्स पनि गराउने उद्देश्यले कृषिमा लागेको हो ।’

पर्यटन यातायातमा लामो समयदेखि क्रियाशील महालक्ष्मी भेइकलका प्रवन्ध निर्देशक रामहरि शर्मा पनि पर्यटन व्यवसायको विकल्पमा कृषिमा लागेका छन् । उनले चितवनमा व्यवसायिक कृषि फर्म सञ्चलन गर्न सुरु गरिसकेका छन् । पर्यटन व्यवसाय पुनः पुनस्थापित हुने टुंगो नभएको र अझै कम्तिमा पाँच वर्ष समस्या नै हुने देखेर शर्मा कृषि व्यवसायमा होमिएका हुन । 
 

Advertisement

Advertisement