अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटेर प्याकेज घोषणा गर्न सुनचाँदी व्यवसायीको माग

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आभुषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्याउने बारे सुझाव प्रस्तुत गरेको छ । 

आज प्रधानमन्त्री भेट्न गएको प्रतिनिधिमण्डलमा महासंघको संघीय कार्यसमितिका पदाधिकारीहरु प्रथम उपाध्यक्ष रामप्रसाद लकान्द्री, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव निरबहादुर धमला, कोषाध्यक्ष केशरबहादुर विश्वकर्मा, सह–कोषाध्यक्ष गणेश लकान्द्री र कास सदस्य खेम तिरुवा सम्मेलित थिए । 

Advertisement

विभिन्न कारणले अर्थतन्त्र अपेक्षित गति लिन नसकिरहेको अवस्थामा कोभिड–१९ को दुष्चक्रले शिथिल अर्थतन्त्रलाई पुनर्गति प्रदान गर्न अर्थतन्त्रका प्रत्येक क्षेत्रमा रक्तसञ्चार हुने गरी विशेष प्याकेजको व्यवस्था हुनु पर्ने माग गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट आव २०७८/७९ को लागि निकट भविष्यमा नै सार्वजनिक गरिने मौद्रिक नीति मार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा आदिको क्षेत्र विस्तार गरी नेपाल सरकारमा दर्ता भई संचालनमा रहेका सवै उद्यम, व्यवसायले उपभोग गर्न सक्ने प्रावधान राखिनु पर्नेमा पनि महासंघले जोड दिएको छ । 
 

Advertisement

Advertisement