काम गर्न नसकेको भन्दै राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले सीईओको कार्यकक्षमा ताला लगाइदिए

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी युनियनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालको कार्यकक्षमा तालाबन्दी गरेको छ । सीईओ अर्यालको कार्यक्षमता कमजोर  भएको भन्दै युनियनले  सोमबार तालाबन्दी गरेको हो ।

बीमा कम्पनीका एक कर्मचारीले कर्पोरेट नेपालसँग भने, ‘युनियनले आफ्नोतर्फबाट कम्पनीमा केही माग राखेका थिए । सो माग पूरा भएन् । त्यसपछि तालाबन्दी गरिएको हो ।’

Advertisement

उनले पटक पटक आग्रह गर्दा पनि सीईओको कार्यशैलीमा सुधार नआएकोले ताला लगाएर सीईओलाई प्रवेश निषेध गराइएको बताए । बिगत एक दशकदेखिको कम्पनीको लेखापरीक्षण र बार्षिक साधारणसभा गराउन नसकेको भन्दै बीमा समिति, अर्थ मन्त्रालयले अर्यालको आलोचना गर्दै आएको छ । 

Advertisement

Advertisement