Advertisement

काठमाडौं । राजधानीको मुटु एवं घरानियाले किनमेल गर्ने ठाउँ दरबारमार्गमा हिंडदै गर्दा देखिन्छ ‘आवरण स्किन एण्ड हेयर क्लिनिक ।’ क्लिनिकले ‘हेयर ट्रान्सप्लान्ट’ (कपाल प्रत्यारोपण)मा आफ्नो नाम स्थापित गराउन सफल भएको छ । आफ्नो ब्राण्ड स्थापित गर्न सफल भइसकेको आवरण क्लिनिकले अहिलेसम्म १५ सयभन्दा बढिको हेयर ट्रान्सप्लान्ट गरिसकेको छ । क्लिनिकका अध्यक्ष डा. रूपक घिमिरे डर्माटोलोजिस्ट हुन् । उनले अतिकति खर्च गरेमा तालु देखाएर हिड्नु नपर्ने दाबी गर्छन् । तर कपाल प्रत्यारोपणको विषय आफैमा लग्जरीसँग सम्बन्धित् रहेकाले यो बाध्यकारीभन्दा पनि ऐच्छिक हुने घिमिरेले बताए । अहिलेको फेसनेवल दुनियाँमा तालु देखाउने कसैको रहर नहुने उदाहरण दिँदै दैनिक दुई जनासम्मको कपाल प्रत्यारोपण गर्ने गरेको अनुभव सुनाए । प्रस्तुत छ डर्माटोलोजिस्ट डा. घिमिरेसँग कर्पोरेट नेपालका नबिन पोखरेलले गरेको कुराकानीः 

कति समयमा प्रत्यारोपण गरेको कपाल आउँछ ?
कपाल प्रत्यारोपण गर्दा सानो सानो टुसा एक हप्तामै देखिन थाल्छ । दोस्रो हप्ताबाट दुई महिना कपाल झर्छ । करिब एक वर्षमा सबै कपाल आउँछ । घाममा मोवाइलले फोटो खिचेर तीन महिनामा अर्को फोटो खिचेर हेर्दा आफैले कपाल झरेको थाहा पाउन सकिन्छ । नत्र शनिवार घर बस्दा, बर्ढादा पनि कति कपाल झर्छ थाहा पाउन सकिन्छ ।

Advertisement

साइड इफेक्टको त्रास छ नि ग्राहकमा ?
पार्लर जान साइडइफेक्ट नहुने तर अस्पताल जान हुने भनेको चाहीं अस्पताल र प्रहरीसँग सानैबाट डर देखाइए जस्तै कुरा हो । यसमा एक प्रतिशत केही साइडइफेक्ट हुनसक्छ । यो सामान्य नै हो ।

कपाल प्रत्यारोपण गर्न कतिपटक धाउनु पर्छ ?
यसमा अन्य रोगमा जस्तो फलोअप जरूरी छैन । आफूलाई देखाउन मन लागेमा यही क्लिनिकमा आएर वा भाइबरबाट पनि अपडेट देखाउदा हुन्छ ।

पैसा कमाउदा कपाल झर्छ भन्ने भनाई छ नि । वास्तविकता के हो ?
यस्ता कुरा भनेको एउटा भ्रम मात्र हो । १८–२० वर्षपछि कपाल झर्ने सम्भावना धेरै हुन्छ । यही अवस्थामा भएका बसाईसराई र अन्य घटनालाई दोष दिने गरिन्छ । तर वंशांणुगत कारण, हर्मोन परिवर्तनको कारण तथा अन्य केही कारणले कपाल झर्छ । केटा मान्छेमा नै तालुपनाको समस्या देखिन्छ । यो समस्या महिलामा देखिदैन् । अन्य कारण पनि केही कपाल झर्न सक्छ । तर त्यो चाहीं अर्कै समस्या हो । कतिपय ग्राहकले नेपाल बाहिर गएर पनि कपाल प्रत्यारोपण गराउनु हुन्छ । कपाल प्रत्यारोपण नेपालमा गराए पनि वा बाहिर गराए पनि एउटै हो । तर नेपालमै प्रत्यारोपण गराउँदा बाहिरको भन्दा १० गुणा सस्तो हुन्छ । नेपालमा ५० हजारदेखि दुई लाख रूपियाँसम्ममा कपाल प्रत्यारोपण हुन्छ । अहिले ग्राहकको आर्कषण राम्रै छ । म व्यस्त नै छु । 

कोरोना महामारीको प्रभाव कस्तो पर्यो ?
हामीले कोरोना महामारीको समयमा पनि हामीले ग्राहकसँग जोडिने प्रयास गरिरह्यौ । त्यसले गर्दा हामीलाई धेरै गाह्रो भएन । लकडाउन खुल्ने बित्तिकै हामीले आफ्नो कामलाई सरासर अघि बढाउन सफल भयौं । हामीसँग उपचार गराउनु भएका ९० प्रतिशत ग्राहक हामीसँग सन्तुष्ट हुनुहुन्छ । 

अन्य सुविधा के के दिनु भएको छ ?
हामीले नाम नै आवरण राखेका छौं । आवरणको अर्थ जस्तै हामीले टाउकोको कपालदेखि खुट्टाको नङसम्म प्रत्यारोपण गर्छौं । हामीले यहाँ नाक, आँखा, ओठ बनाउने काम गर्छौं । डन्डिफोर हटाउने, प्रेगनेन्सीको स्केचमार्कहरू हटाउने काम गर्छौं । मोटोपना घटाउने, छालामा हुने समस्या यौन रोग लगायतका बाहिर देखिने तथा गुप्त रोगका समस्याका लागि हामीले सेवा दिइरहेका छौं ।

आम नागरिकमा के–सन्देश छाड्न चाहानु हुन्छ ? 
आवरण क्लिनिकमा आउन निकै सहज छ । काठमाडौंकै दरबारमार्गमा रहेकाले यहाँ आउन ग्राहकलाई सहज हुन्छ । ऐतिहासिक नारायणहिटी दरबारबाट चार पाँच घर अगाडि नै हाम्रो क्लिनिक छ,दरबारमार्गको ट्राफिक कार्यालयभन्दा अगाडिपट्टि । सजिलै पत्ता लगाउन सकिन्छ । यहाँ आएपछि हामी ग्राहकलाई सकेसम्म गुणस्तरीय सेवा दिने प्रयास गर्छौं । उहाँहरूलाई सन्तुष्ट बनाएर पठाउने छौं । 

थप कुराकानी माथि भिडियोमा हेर्नुहोसः 

Advertisement

Advertisement