एनसेलका फोरजी प्रयोगकर्ता ३८ प्रतिशतले बृद्धि, थ्रीजीको तुलनामा फोरजीका ग्राहक दोब्बर

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक संस्था एनसेलको फोरजी ग्राहक संख्या उल्लेख्य रूपमा बढेका छन् । एक वर्षमा एनसेलको फोरजी प्रयोगकर्ता मात्रै करिब ३८ प्रतिशतले बढेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असारमा सार्वजनिक गरेको तथ्यांक अनुसार फोरजी प्रयोगकर्ता एक वर्षमा १३ लाख १६ हजार ७१४ ले बढेका छन् । यस्तो प्रयोगकर्ता मासिक औषतमा एक लाख नौ हजार ७३१ ले बढेको देखिन्छ ।

तथ्यांक अनुसार एनसेलको फोरजीका प्रयोगकर्ताको बार्षिक बृद्धिदर ३७ दशलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष वैशाख २०७७ मा एनसेलका फोरजी प्रयोगकर्ता जम्मा ३४ लाख ८८ हजार मात्रै रहेकोमा वैशाख २०७८ मा ४८ लाख पाँच हजार पुगेको छ ।

Advertisement

गत वर्ष कोरोना महामारी सुरु भएपछि सरकारले कोराना न्यूनिकरण तथा रोकथामा गर्न चैतेदेखि गरेको बन्दबन्दीसँगै टेलिकम कम्पनीका डाटा प्रयोगकर्ता उल्लेख्य रूपमा बढेका छन् । चैतदेखि आम प्रयोगकर्ता घरमै बसेका भएपनि उक्त समयमा पनि टेलिकम सेवाप्रदायकको डाटा सेवाको प्रयोग भने बढाएको देखिएको छ ।

तथ्यांक अनुसार एक वर्षमा टेलिकमको कुल प्रयोगकर्ता ६४ लाखबाट ७२ लाख पुगेको छ । समग्रमा डाटा प्रयोगकर्ता भने आठ लाखले मात्रै बढेको देखिएको छ । एनसेलका डाटा प्रयोगकर्ता भने गएको वैशाखसम्मको एक वर्षमा १२ दशमल ६८ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ ।

द्रुत गतिको फोरजी प्रयोगकर्ता दोब्बर
वैशाखसम्मको एक वर्षमा थ्रीजीको तुलनामा द्रुत गतिको मोबाइल इन्टरनेट फोरजी प्रयोगकर्ता दोब्बर भएका छन् । वैशाखसम्ममा २४ लाख थ्रीजी प्रयोगकर्ता रहेकोमा उक्त अवधिमा फोरजी प्रयोगकर्ता भने दोब्बर बढेर ४८ लाख पुगेको पनि देखिएको छ । थ्रीजीका तुलनामा फोरजी प्रयोगकर्ताको बृद्धिदर राम्रो देखिएको छ । थ्रीजी प्रयोगकर्ताको घट्दै जाँदा फोरजी प्रयोगकर्ता बढेका छन् ।

एक वर्षमा एनसेलका थ्रीजी प्रयोगकर्ता चार लाख ४४ हजारले घटेको छ । थ्रीजी प्रयोगकर्ता घटेको तुलनामा फोरजी प्रयोगकर्ता भने तीन गुणाले बढेको छ । चार लाख थ्रीजीका प्रयोगकर्ता बढ्दा फोरजीका प्रयोगकर्ता १३ लाख बढ्नुले द्र्रुत गतिको डाटा प्रयोगमा ग्राहकको रुची देखिएको पनि उल्लेख छ ।

पछिल्लो समय मोबाइल सेवा प्रादयको भ्याइसको तुलनामा डेटा प्रयोगकर्ता बढेका छन् भने आम्दानीमा पनि डाटाको हिस्सा उल्लेख्य हुने गरेको छ । एनसेलकै एक वर्षमा भ्याइस प्रयोगकर्ता जम्मा दुई लाख चार हजारले बढेको छन् । डाटा प्रयोगकर्ताको तुलनमा भ्वाइस प्रयोगकर्ताको बृद्धिदर न्यून हुँदै गएको पनि तथ्यांकले देखाएको छ ।


 

Advertisement

Advertisement