काठमाडौंले निर्माण सामग्री ढुवानी तथा उपकरण भाडा र श्रमिकको ज्याला बढायो

Advertisement

काठमाडौं । जिल्ला दररेट निर्धारण समिति, काठमाडौंले निर्माण सामग्री ढुवानी तथा उपकरण भाडा र श्रमिकको ज्याला बढाएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहने सम्वन्धित निकायका प्रतिनिधिहरूसहितको समितिले भाडा तथा ज्याला निर्धारण गरेको हो । 

दररेट निर्धारण समितिले दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक दैनिक ७५० रुपियाँबाट पाँच प्रतिशत बढाएर ७९० पुर्याइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको समितिको बैठकले निर्माण सामग्री तथा उपकरणको भाडा तथा श्रमिकको ज्याला निर्धारण गरेको हो । 

Advertisement

श्रमिको नयाँ ज्यालाअनुसार फोहोर ढल सफा गर्ने श्रमिकको दैनिक पारिश्रमिक एक हजार एक सय २५ पु।्याएको छभने दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मीसहित प्लम्बर, ढुंगा र काठमा बुट्टा काट्ने साधारण मुर्तिकार, चित्रकार र आर्टिस्टको दैनिक पारिश्रमिक पनि ५० रूपियाँ बढाइएको छ ।


यसैगरी सामान लोड गर्ने कामदारको हकमा एक सय केजीको यसअघि २१ रूपियाँ ५० पैसा रहेकोमा बढाएर २३ रुपियाँ पुर्याइएको छ । सार्वजनिक खरीद नियमावलीले यस्तो भाडा तथा ज्याला निर्धारण गर्नुपर्ने नियम रहेको छ । 

Advertisement

Advertisement