सुपर लघुवित्तले विभिन्न पदमा माग्यो कर्मचारी

Advertisement

काठमाडौं । सुपर लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृत श्रेणीमा ४ जना र सहायक श्रेणीमा संख्या उल्लेख नगरी केही कर्मचारी माग गरेको हो ।

लघुवित्तले आन्तरिक लेखा परिक्षण विभाग, योजना अनुगमन तथा कर्जा विभाग र सूचना तथा प्रविधि विभागमा एक एक जना अधिकृत माग गरेको छ। त्यस्तै कम्पनीले सहायक श्रेणीअन्तर्गत केही सहायक, वरिष्ठ सहायक, सुपरिवेक्षक (शाखा प्रमुख) माग गरेको छ । सहायकअन्तर्गत नै कम्पनीले केही कनिष्ठ सहायक प्रशिक्षार्थी पनि माग गरिएको छ । 

Advertisement

इच्छुक तथा योग्य आवेदकलाई साउन २० गतेसम्म केन्द्रिय कार्यालयमा वा इमेलमार्फत आवेदन दिन कम्पनीले आग्रह गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय दाङको तुलसीपुरमा रहेको छ । 

Advertisement

Advertisement