नेपाल लाइफले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा योजना’, तीन बर्षअघि ‘सरेण्डर’ गर्न नमिल्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको छ । बीमा समितिले बाल बीमाकै नाममा आपराधिक गतिविधि बढेको भन्दै सबै प्रकारका बाल बीमा योजनामा रोक लगाउँदै आएको थियो ।

तर बजारबाट चौतर्फी माग बढेको भन्दै बीमा कम्पनीहरूले बाल बीमा योजना परिमार्जन गरी सञ्चालन गर्न थालेका छन् । त्यसै क्रममा नेपाल लाइफले  ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको छ । अरु कम्पनीले पनि धमाधम बाल बीमा योजना सञ्चालन गरिरहेका छन् ।

यसअघि नेपाल लाइफले केटाकेटी जीवन बीमा प्लान योजना ५१ सञ्चालन गरेको थियो । नयाँ योजना सुरू गरेसँगै पूरानो योजना स्वतः रद्द हुने कम्पनीको भनाई छ । 

समितिले दिएको पछिल्लो निर्देशनलाई आधार बनाएर नयाँ बीमा योजना सञ्चालनमा गरिएको नेपाल लाइफले बताएको छ । यस बीमा पोलिसिअनुसार एक वर्षदेखि १७ वर्ष उमेरका बालबालिकाको बीमा गर्न मिल्छ । बीमा अवधि ३० वर्षलाई तोकिएको छ ।

बीमा समितिले पछिल्लो समय सरेण्डरमा समेत कडाई गरेको छ । बालबीमा पोलिसि पनि अन्य बीमा पोलिसि जस्तै तीन वर्षअघि सरेन्डर गर्न मिल्दैन् ।