संचयकोषले सञ्चयकर्तालाई ६.५ प्रतिशत ब्याज दिने, ७.६ प्रतिशतमै कर्जा लिन पाइने

Advertisement

काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्ता तथा योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा रकम जम्मा गर्दा ६.५० प्रतिशत ब्याजदर दिने भएको छ । कोषले १ साउनबाटै लागू हुने गरी ब्याजदर निर्धारण गरेको जानकारी दिएको  छ ।

कोषका अनुसार सञ्चयकर्तालाई ऋण दिन विशेष सापटीमा ७.६० प्रतिशत ब्याज दिने भएको छ । घर सापटी, घर निर्माण सापटी तथा शैक्षिक सापटीमा ७.९० प्रतिशत र सरल चक्रकर्जामा ८ प्रतिशत ब्याज दिने पनि कोषले जारी गरेको एक सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement