वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ठगी गर्ने ३ जना पक्राउ

Advertisement

काठमाडौँ । वर्किङ भिसामा अमेरिका पठाउने भनी ७४ लाख ९ हजार ५ सय रुपियाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन् । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले विहीबार पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट उक्त ठगी कार्यमा संलग्न बिनोद भुसाल, पुकार गुरुङ र प्रकाश गुरुङलाई पक्राउ गरेको हो ।

Advertisement

ठगी गर्ने मनसायले विगत २ वर्षदेखि पुकार र प्रकाश लगायतका व्यक्तिहरुको बैंक खातामा बिनोद भुसालले पटक पटक गरी ७४ लाख ९ हजार ५ सय रुपियाँ रकम जम्मा गर्न लगाई ठगी गरेको साउन १ गते उजुरी ब्यूरोमा परेको थियो । सोही उजुरीका आधारणमा कसुरदाहरु पक्राप परेको ब्यरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जनाएका छन् । 

अभियुक्तहरुले अमेरिकी राजदूतावास काठमाडौँको नक्कली कागजात बनाई पीडितहरुलाई झुक्याएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।  

Advertisement

Advertisement