नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा ईश्वर पोखरेल नियुक्त, ‘कर्पोरेट कल्चर’ विकास गर्छु’

Advertisement

काठमाडौं । नेपालको जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीका सीईओ विजयबहादुर शाहको कार्यकाल सकिएसँगै पोखरेल निमित्त सीईओ नियुक्त भएका हुन् । 

शाहको चार वर्षे कार्यकाल शनिबार सकिने भए पनि शुक्रबार नै विदाई भइसकेका छन् । पोखरेलले आइतबारबाट कार्यभार सम्हाल्ने छन् । 

Advertisement

पोखरेलको अनुभव
ईश्वर पोखरेलले एमबीएसम्मको अध्ययन गरेका छन् । उनीसँग आर्थिक क्षेत्रमा काम गरेको ३४ वर्षको अनुभव छ । उमेरले ५० वर्ष पुगेका पोखरेलले सुरुमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एकाउन्टेन्टको रुपमा क्यारियर सुरु गरेका थिए । 

त्यसपछि उनले तीन वर्ष तत्कालिन नेपाल दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम)मा काम गरे । त्यहाँ छोडेपछि १० वर्ष नेपाल एसबीआई बैंकमा डेपुटी म्यानेजर, स्टाण्र्डर्ड चाटर्ड बैंकमा तीन वर्ष कम्प्लाइन्स एडभाईजर तथा रिलेशनसिप म्यानेजर, चौधरी ग्रुपको युनाईटेड फाइनान्समा महाप्रबन्धक तथा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नौ वर्ष दुई महिना काम गर्दै गत बर्ष नेपाल इन्स्योरेन्समा डेपुटी सीईओको रुपमा प्रवेश गरेका पोखरेल अहिले निमित्त सीईओको जिम्मेवारीमा पुगेका हुन् । 

यसबाहेक पोखरेलसँग विभिन्न क्याम्पस तथा विद्यालयमा १२ वर्ष पढाएको र भाइस प्रिन्सिपलसम्म भएको अनुभव पनि छ । राजधानीको बानेश्वस्थित मिनभवनमा रहेको नेपाल कर्मश क्याम्पसमा उनले फाइनान्स, बैक, बीमा विषय पढाउँथे । पोखरेल विभिन्न तालिममा प्रशिक्षकको रूपमा काम गर्ने गर्थे । 

कर्पोरेट नेपालसँगको छोटो कुराकानीमा पोखरेलले आफूले कम्पनीमा ‘कर्पोरेट कल्चर’ विकास गर्ने र बीमितलाई अधिकतम् सन्तुष्टी दिएर व्यवसाय बढाउन काम गर्ने बताए । 

Advertisement

Advertisement