अब एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले शुक्रबार एक समारोहबीच हस्ताक्षर गरे । 

सम्झौताअनुसार बीमितहरुले बीमाशुल्क तिर्दा  इसेवा प्रयोग गरी डिजिटल्ली भुक्तानी गर्न सक्नेछन् । सर्वप्रथम एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक गर्नुपर्नेर्छ । त्यसपछि आफ्नो पोलिसि नम्बर, जन्म मिति र इमेल ठेगाना राखेर लग इन गर्नुपर्छ ।

Advertisement

बीमितिले सो प्रक्रिया पूरा गरेपश्चात इसेवामा क्लिक गरेर प्रिमियम रकम तिर्नसक्ने कम्पनीले जनाएको छ ।इसेवामार्फत आफ्नो खाता लिंक गरि सजिलै बिना झन्झट, जुनसुकै समयमा रकम तिर्न मिल्दा ग्राहकको समय बचत हुने तथा कारोबारसमेत थप सुरक्षित हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement