नयाँ दलाई लामा घोषणाको तयारी भइरहेको बेला चिनियाँ राष्ट्रपति तिब्बत आए

Advertisement

काठमाडौं । नयाँ दलाई लामा घोषणाको तयारीका समाचारहरू आइरहेको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ तिब्बत भ्रमणमा आएका छन् । चीनले सन् १९५० मा सैनिक पठाएर नियन्त्रणमा लिएपछि तिब्बतका राजा (धर्म गुरु) त्यहाँबाट भागेर भारत निर्वासन गएका थिए । 

यो चिनियाँ राष्ट्रपतिको तीन दशकपछिको पहिलो तिब्बत भ्रमण हो । तत्कालिन चिनियाँ राष्ट्रपति जयाङ जमिनले सन १९९० मा तिब्बत भ्रमण गरेका थिए । तिब्बतको स्वतन्त्रताका लागि अमेरिका सहितका पश्चिमा राष्ट्रले प्रयास गर्दै आएका छन् । त्यसमा भारतको मौन समर्थन देखिन्न्छ । नेपाल भने एक चीन नीतिको पक्षमा छ । 

Advertisement

राष्ट्रपति सीले गत बुधवारदेखि शुक्रवारसम्म तिब्बतको भ्रमण गरे पनि चिनियाँ सञ्चारमाध्यमले ढिलो गरी समाचार बाहिर ल्याएका छन् । भ्रमणका क्रममा सीले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बतसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिँदै तिब्बत क्षेत्रको स्थिरता र गुणस्तरीय विकासमा जोड दिएने प्रतिवद्धता जनाएका थिए । 

भ्रमणकै क्रममा सिच्वान–तिब्बत रेलमार्गको ल्हासा निङ्ची रेल्वेसहित विभिन्न विकास निर्माणको अवलोकन गरेका राष्ट्रपति सीले चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूसँग तिब्बतको सुरक्षा र विकासबारे छलफल गरेका थिए । 

विश्वकै ठूलो शक्ति राष्ट्र र ठूलो अर्थतन्त्रको रुपमा विकास हुने क्रममा रहेको चीनका राष्ट्रपतिको तिब्बत भ्रमणलाई धेरैले अर्थपूर्णरुपमा लिएका छन् । यस भ्रमणको प्रभाव नेपालको भूराजनीति, सुरक्षा र अर्थतन्त्रमा समेत देखा पर्न सक्ने बीबीसीले औंल्याएको छ । चीनसँग नेपालको एक हजार ४१४ किलोमिटर लामो सीमा जोडिएको छ । 

Advertisement

Advertisement