मौद्रिक नीति: निजी क्षेत्रका सुझाव कति अटाउँछन् ? सबै समेट्न जरुरी  छैन: राष्ट्र बैंक

Advertisement

काठमाडौं । निजी क्षेत्रले मौद्रिक नीतिप्रति अधिक अपेच्छा गरेको भएपनि उपयुक्त सुझाव मात्रै समेटिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार  निजी क्षेत्रले निकै धेरै सुझाव दिएका छन् । ती सबै सुझाव समेटिनै पर्छ भन्ने छैन् तर उपयुक्त सुझावलाई भने समेटिने छ ।’ उनले निजी क्षेत्रले दिएका सबै सुझाव समेट्न जरुरी नभएको बताए । मौद्रिक नीतिको सीमा र निश्चित मापदण्ड हुने भएकोले त्यसैमा आधारित सुझाव पर्न पनि सक्छन् ।

निजी क्षेत्रका बैैंक तथा वित्तीय संस्थादेखि विभिन्न संघ संस्थासम्मले मौद्रिक नीतिका लागि विभिन्न सुझाव पेश गरेका छन् । निजी क्षेत्रले दिएको सुझावलाई ग्रहण गर्दै मौद्रिक नीति तयार पारिरहेकोले अब अन्तिम चरणको छलफलमा मौद्रिक नीति पुगेको छ । राष्ट्र बैंकका अनुसार पुँजी बृद्धि, मर्जरलाई सहजीकरण, विभिन्न प्रकार छुट तथा राहत, व्याजको पुनरतालिकीकरण, ब्याज नै छुटदेखि मुद्रासम्बन्धित कारोबारमा आवश्यक अधिकांश विषयलाई समेट्न आग्रह गरेर सुझाव आएको छ ।

Advertisement

पुँजी बृद्धिको कुनै तयारी छैनः राष्ट्र बैैंक
यो वर्षको लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अन्तिम चरणमा पुगिसकेको भएपनि मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको पुँजीबृद्धिलाई प्रमुख चासोको एजेण्डा बनेको छ । राष्ट्र बैंकका अधिकारीसहित निजी क्षेत्रमा र बैंक तथा वित्तीय संस्थामा वाणिज्य बैंकहरूको हालको आठ अर्बको पुँजीलाई बृद्धि गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।

तर, राष्ट्र बैंकका प्रवक्ता ढकालले भने पुँजी बृद्धिको अहिलेसम्म कुनै छलफलसमेत नभएको बताए । उनले भने ‘मौद्रिक नीतिका लागि यस विषयमा छलफलसमेत भएको छैन् ।’ त्यसैले पुँजी बृद्धि हुनुपर्छ र पर्दैन भनेर गरिएको बाहिरि हल्लासँग राष्ट्र बैंकको कुनै सरोकार पनि नहुने प्रवक्ता ढकालले बताए ।

ढकालको भनाइ अनुसार मौद्रिक नीतिले वाणिज्य बैंकहरूलाई पुँजी बृद्धिमा कुनै दबाब नदिने उल्लेख छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकहरूको पुँजी बृद्धिमा सीमा नतोक्न र मर्जरका लागि भने गत वर्षको भन्दा सेवा सुविधा बढी दिएर आकर्षित मात्रै गर्ने तर दबाव भने नदिने रणनीति अपनाउने उल्लेल छ । 
 

Advertisement

Advertisement