राष्ट्र बैंकमा ६३ जनालाई रोजगारीको अवसर, करारमा काम गर्न चाहनेले आवेदन दिन सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जनाको लागि रोजगारी खुलाएको छ । राष्ट्र बैंकले ६ महिने करार अवधिका लागि आवश्यक योग्यता पुगेको उमेरदवारबाट दरखास्ता आव्हान गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले ३० जना कार्यालय सहयोगी, २२ जना सिपाही, रक्षक र महिला ५÷५ जना र एक जना सुरक्षा सहायकलाई रोजगारी दिने गरी सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक आवेदकले १५ दिन भित्रै दरखास्त दिन पनि राष्ट्र बैंकले आग्रह गरको छ ।

राष्ट्र बैंकका अनुसार सुरक्षा समूहकाले लिखित, प्रयोगात्मक र अन्तरवार्ता दिनुपर्ने छ भने कार्यालय सहयोगीको लिखित र अर्तरवार्ता हुने छ । राष्ट्र बैंकका अनुसार ४५ वर्ष उमेर ननाघेका योग्य उमेदरवारले दरखास्त दिन पाउने छन् ।