उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त, अरु मन्त्री अझै नियुक्त हुन सकेनन्

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति कार्यालयले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले मन्त्रिपरिषद विस्तारका लागि प्रयास गरे पनि गठवन्धन र अन्तरपार्टी भागबण्डा नमिल्दा यसलाई पूर्णता दिन सकेको छैन् । 

Advertisement

Advertisement

Advertisement