सेलपे एनीभर्सरी अफरमा १० प्रतिशतसम्म क्यास ब्याक

Advertisement

काठमाडौँ । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोनपेका जुनसुकै मचेन्टमा पहिलो भुक्तानी गर्दा १०% क्यास ब्याक (रु. १००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् । यो योजना साउन १० गतेदेखि १६ गतेसम्म लागु हुने छ ।

Advertisement

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पी२बी, बी२पी र बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

Advertisement

Advertisement