काठमाडौंमा निषेधाज्ञा फेरि थपियो

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइएको छ । काठमाडौं उपत्यकामा तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर निषेधाज्ञाको समय बढाइएको हो । 

निषेधाज्ञाको यसअघिको नियम कायम राख्दै साउन २० सम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

Advertisement

कोरोना संक्रमण घटेसँगै सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि जनजीवन सामान्य जस्तै भएको छ । तर विद्यालय र सिनेमा घर जस्ता केही क्षेत्र भने अझै खुल्न सकेका छैनन् । 

Advertisement

Advertisement