आज (साउन ११)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, सेयर कारोबार ?

Advertisement

आज २०७८ साल श्रावण महिनाको ११ गते सोमबार, श्रावण कृष्णपक्षको तृतीया तिथि । आज साउन महिनाको सोमबार । 

मेष 
आम्दानीमा बृद्धि हुने छ । मनले चाहेका इच्छा आकांक्षा तथा सपनाहरु पुरा हुने तर्फ जाने छन् । पेशागत जीवन स्थिर हुने छ भने पेशागत जीवनमा पनि उन्नति प्रगति हुने छन् । बोलीमा भने कडापन देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र लाभदायी रहने छ । 

Advertisement

वृष
आम्दानीमा बृद्धि हुने छ तर पेशागत जीवन औसतमा ठिक नै रहने भएता पनि केही सतर्कताहरुको भने आवश्यकता देखिन्छ । कडा खाले व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र फलदायी रहने छ । 

मिथुन 
भाग्यले साथ दिएको समय रहेको छ । चलाख र बाठो खालको व्यक्तित्व हुने छ । बाणिमा प्रभावकारीता बढ्न पुग्ने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । पारीवारिक जीवनमा भने विवाद र चर्काचर्कीको अवस्था आउने छ । शेयर बजार औसत प्रकारको रहने छ ।

कर्कट
दुविधात्मक सोच भएको व्यक्तित्व हुने छ । मनमा दुविधाका मात्राहरु असाध्यै धेरै आउने हुँदा निर्णय क्षमतामा अन्योलता आउने छ । मनोबलमा कमजोरी बढ्ने छ । पैतृक सम्पत्तिका कारण केही राहत मिल्न जाने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु भएकाले सतर्कतासहित अघि बढ्नु उपयुक्त हुने छ । शेयर क्षेत्र औसत खालको देखिएता पनि केही प्रतिकुल नै रहने छ । 

सिंह
बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामबाट प्रतिफल प्राप्त हुने छ । तर पेशागत जीवनमा केही आरोप प्रत्यारोप तथा द्वन्दको सामना गर्नु पर्ने अवस्था आउन  जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । 

कन्या
मनमा दुविधाका क्रम एक पछि अर्काे गरि देखा पर्ने छ । जसका कारण कार्यहरु अघि बढाउँदा के गरौँ र कसो गरौ भन्ने अन्योलता निरन्तर देखा परि रहने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । गरेका कामको कदर हुने छ । साmभेदारीमा गरिएका काममा केही सतर्कता अपनाउनु होला । शेयर क्षेत्र फलदायी देखिन्छ । 

तुला
भित्रि बुद्धिको तिब्रता बढ्न पुग्दा चलाख खालको व्यक्तित्व हुने छ । भाग्यको साथ रहेको छ । तर पेशागत जीवनमा केही अस्थिरताको भने सामना गर्नु पर्ने हुन्छ । पेशागत जीवनमा जुध्नु पर्ने र आरोप प्रत्यारोप खेप्नु पर्ने अवस्था आउँछ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । शेयर बजार औसत रहने छ ।

वृश्चिक
बोलीको प्रभाव घटेर जाने भएकाले संयमित भएर बोलीको प्रयोगमा ध्यान दिनु होला । व्यवस्थापन खुबीमा गिरावट देखा पर्ने छ । मनमा हल्का नकारात्मक विचारहरुको श्रृङ्खलाले देखा पर्न जाँदा  उदासिनताको मात्रा बढ्ने छ । पेशागत जीवन स्थिर रहने छ तर आम्दानीमा भने गिरावट रहने छ ।  शेयर बजार अनुकुल देखिन्छ । 

धनु 
पारीवारिक जीवनमा मिलन हुने छ । तर बोलीमा कडापन देखा पर्ने भएकाले बोली नरम बनाउने तर्फ प्रयास गर्दा राम्रो हुने छ । पेशागत जीवनमा शुभता बृद्धि हुने छ भने स्थिरता उत्पन्न हुने छ । तर भाग्यहिनताको आभाष मनमा निरन्तर भइरहने हुँदा मनोबलको मात्रामा भने भारी गिरावट देखा पर्ने भएकाले मनोबल उच्च बनाउन प्रयास गर्नु होला । शेयर क्षेत्र प्रतिकुल रहेकाले उत्साही हुने समय देखिँदैन् ।

मकर 
धन सम्पत्तिमा बृद्धि हुने छ । पैतृक सम्पत्तिको प्रयोग वा उपलब्धताले निकै साथ दिने छ । उच्च दृढता भएको व्यक्तित्व हुने छ । तर रिस भने बढि उठ्ने खालको व्यक्तित्व देखा पर्ने भएकाले यस विषयमा संयमित रहनु होला । पेशागत जीवन औसत अवस्थामा केही चुनौतिपूर्ण तर्फ देखिने छ । साझेदारीमा  गरिएका कामहरुमा केही समस्याहरु देखिन जाने छ । शेयर क्षेत्र लाभदायी रहने छ । 

कुम्भ 
बौद्धिक र राजसी खालको व्यक्तित्व हुने छ । बाठो व्यक्तित्व हुने छ । तर मनोबल भने कमजोर खालको हुन जाने भएकाले आफ्ना प्रतिष्पर्धीहरुसँग जुध्न भने दृढताको अभाव हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले दृढटा विकासमा ध्यान दिनु होला । पेशागत जीवनमा स–साना विषयले उल्झन बढाउने छन् । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मीन
व्यक्तित्वमा गिरावट आउने छ । आम्दानीमा भने केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरताका क्रम देखिन जाने छ । बोलीमा आउने सकारात्मक प्रभावले पेशागत जीवनमा देखा पर्ने अस्थिरतालाई सँहाल्न ठुलो मद्धत गर्ने छ । भाग्यहिनताको आभाष मनमा आउने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक रहने छन् । शेयर क्षेत्रमा संयमित भई अघि बढ्नु नै उपयुक्त हुने समय छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement