समितिले बीमा कम्पनीहरूलाई फेरि भन्यो– उधारो बीमा नगर्नुहोला, नत्र कारवाही गर्छु

Advertisement

काठमाडौं । बीमा समितिले बैंक खातामा रकम प्राप्त गर्नुअघि बीमालेख जारी नगर्न सार्वजनिक सुचनामार्फत कम्पनीहरूलाई पुनः निर्देशित दिएको छ । समितिले प्रकाशित गरेको सुचनामा बीमा ऐन २०४९ को दफा २७ मा कुनै पनि बीमा व्यवसाय गर्दा लिइने बीमा शुल्क प्राप्त नभएसम्म जोखिम स्वीकार गर्नु हुँदैन भन्ने उल्लेखित छ । 

ऐनको उक्त व्यवस्था पालना गर्न निर्देशन दिँदै समितिले बीमकले जोखिम ग्रहण गरेवापतको बीमाशुल्क रकम प्राप्त गरेपछि मात्रै बीमा गरेको मानिने बताएको छ । कतिपय कम्पनीहरूले धेरै बीमाशुल्क आर्जन गरेको देखाउन तथा सीईओहरूले आफ्नो प्रगति विवरण बढाउन उधारो बीमा गर्ने गरेको देखिएपछि समितिले यसमा कडाई गरेको हो । 

Advertisement

समितिले यसअघि पनि यस्तो बीमा नगर्न कम्पनीहरूलाई सचेत गराइसकेकोमा अहिले सार्वजनिक सुचनामार्फत पुनः निर्देशन जारी गरेको हो । सुचनामा भनिएको छ, ‘बीमा ऐन बमोजिम बीमा कम्पनीले आफ्नो बैंक खातामा बीमशुल्क वापतको रकम प्राप्त भएपछि (बैंक स्टेटमेन्टमा रकम प्राप्त भएको देखिएपछि) मात्र बीमालेख जारी गर्न सक्दछन् । बीमा ऐन, २०४९ को दफा २७ विपरित उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम बीमकको बैंक खातामा प्राप्त नभईकन बीमालेख जारी गर्न कार्य नगर्न नगराउन बीमकलाई निर्देशन समेत दिइसकिएको हुँदा उक्त निर्देशन विपरित बीमा गर्ने गराउने कार्य भए गरेको पाइएमा कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत सम्वन्धित  सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको छ ।’

  
 

Advertisement

Advertisement