पाकिस्तानका शाहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने

Advertisement

काठमाडौं । पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदी क्रिकेट खेल्न नेपाल आउने भएका छन् । नेपालको महंगो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिड (ईपीएल) खेल्ने उनी नेपाल आउने भएका हुन् ।
 
अलराउण्डरमा अब्बल अफ्रिदीले आउँदो असोजमा हुने ईपीएलका लागि यसको फ्रेन्चाइज काठमाडौं किंग्स–११ बाट खेल्न तयार भएका हुन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौं किंग्स–११ ले अफ्रिदीलाई ल्याउन लागेको जानकारी दिएको हो । 

छ वटा टिमले प्रतिस्पर्धा गर्ने ईपीएलमा अन्य फ्रान्चाइज टिमले पनि चर्चित खेलाडीहरू ल्याउन पहल गरिरहेका छन् । पाकिस्तानी टिमको कप्तानसमेत भइसकेका अफ्रिदी ईपीएलको रौनक बढाउने आशा गरिएको छ । 

Advertisement

Advertisement

Advertisement