मुक्तिनाथले ल्यायो मासिक ब्याज पाइने ‘सम्बृद्धि बचत खाता’

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु. १०० को न्यूनतम मौजदातमै बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । 

Advertisement

साथै पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement