एनएमबि बैंकको अटो लोनः  फिक्स्ड ब्याजदर भएको २४ घण्टाभित्रै स्वीकृत हुने

Advertisement

काठमाडौँ । एनएमबि बैंकले अटो लोन ८.४९% प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । बैंकले निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारेका हो । 

विद्युतीय गाडीको हकमा भने बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन् सघाउ पुर्याउने विश्वास लिईएको छ । 

Advertisement

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement