नेपाल इन्स्योरेन्सले रु. २५ लाख मृत्यु दाबी रकम हस्तान्तरण गर्यो

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले रु. २५ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको छ । 

जगदम्वा मोटरर्स प्रालि मार्फत कम्पनीमा बीमा भएको दुर्घटना बीमालेख अन्तर्गत स्व.राजदेव यादवको मृत्यु दावी बापतको रकम रु २५ लाखको चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्सका प्रतिनिधि दिनेशराज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् । 

Advertisement

यसरी नै नेपाल ईन्स्योरेन्सले बीमा दावी रकम समयमै भुक्तानी गर्ने गरेको जनाएको छ । 

बिस २००४ सालमा स्थापित  यस कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा समेत ग्राहकको आबश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडि बढ्ने निमित्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । 

Advertisement

Advertisement