आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दियो, महन्थले नयाँ दल खोल्नुपर्ने, को कता लाग्यो ?

Advertisement

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्णय गर्दै उपेन्द्र यादव समूहलाई आधिकारिक ठहर्याएको छ । सोमबार निर्वाचन आयोगको इजलासले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएको भन्दै उनैलाई आधिकारिकता दिएको हो।

जसपाको कुल ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्य यादवको पक्षमा र १६ सदस्य महन्थ ठाकुरको पक्षमा उभिएका थिए । हाल जेल सजाय भोगिरहेका रेशम चौधरी भने तटस्थ बसेका थिए । 
 
जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेपछि दुवै समूह पुगेका थिए । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो।

Advertisement

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले महन्थ पक्षले नयाँ पार्टी दर्ता गर्ने भए रित पुर्याएर निवेदनसहित आउनुपर्ने बताएका छन्  । आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्त ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर राणा रहेको इजलास गठन भएको थियो। 

को कता ? 

यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राई
३ बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो.लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहाय प्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो. ईस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रसान्त सिंह
२९ भक्तबहादुर शाह
३० सुशीला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव  
३३ गजाधर रोहिता यादव
३४ मनिषकुमार सुमन

महन्थ ठाकुर पक्ष
१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार 
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा

तटस्थ
१ रेशम चौधरी

Advertisement

Advertisement