‘यसपालीको दशैं तिहार वेलकम टु हुण्डाई परिवार’ अफरका विजेताहरु घोषित

काठमाडौँ । हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालीको दशैं तिहार ‘वेलकम टु हुण्डाई परिवार’ अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १–१ जना विजेतालाई हुण्डाई ग्राण्ड आई१० र हुण्डाई औरा जित्ने मौका थियो ।

‘यसपालीको दशैं तिहार ‘वेलकम टु हुण्डाई परिवार’ अफरको विजेताको घोषणा लक्की ड्र मार्फत आज गरिएको हो । सो कार्यक्रमको मुख्य अतिथिहरुमा  कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा पूर्व राष्ट्रिय फूटबल क्याप्टेन अनिल गुरुङ रहेका थिए । 

‘यसपालीको दशैं तिहार ‘वेलकम टु हुण्डाई परिवार’ अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्यामप्रसाद पौडेलले हुण्डाई ग्राण्ड आई१० जितेका छन् । त्यसैगरी दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेतनारायण सापकोटाले हुन्डाई औरा जितेको कम्पनीले जनाएको छ ।  

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । ‘यसपालीको दशैं तिहार ‘वेलकम टु हुण्डाई परिवार’ योजना मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।