महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै

Advertisement

काठमाडौँ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । 

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०-पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०-पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

Advertisement

महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन  १४ र १५ गते नेपाल अधिराज्यभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ । यस क्याम्पमा सहभागी भई भरपुर फाईदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नु पर्नेछ । 
 

Advertisement

Advertisement