माधव नेपालले समान हैसियतको साँसदलाई ‘निस्किएर जा भनेकोमा गंगा चौधरीको आपत्ति

Advertisement

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले संसदीय समितिको बैठकमा माधव नेपालले समान हैसियतका अर्का सदस्यलाई निस्किएर जा भनेकोमा एमाले नेतृ एवं साँसद गंगा चौधरीले आपत्ति जनाएकी छन् । 

साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गर्दै चौधरीले मंगलबार संसदमा माधव नेपालको आलोचना गरेकी हुन् । संसदीय समिति बैठकमा माधवले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए ।

Advertisement

गंगा चौधरीले उक्त घटना समस्त थारु समुदायको अपमान भएको भन्दै भनिन, ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ ।’

समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका भन्दै उनले थपिन, ‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ?’

Advertisement

Advertisement