कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी शर्मालाई दिने निर्णय

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको हो । 

शर्मा अहिले सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा छन् । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउने भएसँगै बिदामा बस्न लागेकाले शर्मालाई कामु तोकिएको हो । 

Advertisement

Advertisement

Advertisement