मध्यपहाडी राजमार्ग निर्माण योजना प्रमुख र निर्माण व्यवसायी रवि सिंहसहित ५ जना बिरुद्ध मुद्दा

Advertisement

काठमाडौँ । पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माणमा ६८ लाख ९३ हजार ७ सय ७८.५ रुपियाँ भ्रष्टाचार गर्ने योजना प्रमुख विजय चापागाईसहित ५ जना बिरुद्ध मुद्दा दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । 

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना अन्तरगत खोटाङ खण्ड निर्माण कार्य ठेक्का अनुसार नगरेको उजुरीमा अनुसन्धान हुँदा तत्कालीन योजना प्रमुख विजय चापागाईँ, इञ्जिनियर दीपककुमार खड्का, सवइञ्जिनियर गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद फुयाल र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंह बिरुद्ध मुद्दा दर्ता गरेको हो । सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन् । 

Advertisement

उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविका अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्ने भन्दा फरक ब्यहोराको भेरिएसन पेश गरी सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरित भुक्तानी दिने/लिने कार्य गरी उक्त रकम भ्रष्टाचार गरेको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।  

Advertisement

Advertisement