गण्डकीमा काँग्रेसका पृथ्वीमान र लुम्बिनीमा माओवादीका अमिक प्रदेश प्रमुख

Advertisement

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनीमा यसअघिको सरकारले नियुक्त गरेका  प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर नेपाली काँग्रेसका पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको छ भने लुम्बिनी धर्मनाथ यादवलाई हटाएर माओवादी केन्द्रका अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख हेरफेर गरिएको बताए अमिक शेरचन यसअघि पनि प्रदेश प्रमुख थिए । 

Advertisement

गण्डकीका प्रदेश प्रमुख नियुक्त भएका गुरुङ चितवनका कांग्रेस नेता हुन् । सरकार परिवर्तन भएसँगै प्रदेश प्रमुख फेरिने क्रम चल्दै आएको छ । 

Advertisement

Advertisement