मेलम्चीका बाढी पीडित सब–डिलरहरूलाई डिशहोमको राहतस्वरुप दियो रु. एक–एक लाख

Advertisement

काठमाडौं । डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले मेलम्चीका बाढी पीडित आफ्ना सब–डिलरहरूलाई राहत सहयोग गरेको छ । गएको आसार पहिलो साता आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा ठूलो जनधनको क्षति भएको थियो । 

मेलम्ची खोलामा लेदोसहित आएको बाढीले खोला छेउका तीन दर्जनभन्दा बढी घर पूर्णरुपमा क्षति हुनुका साथै सयौ घर प्रभावित भएको थियो भने लेदोसहितको बाढी पस्दा मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्नेहरूले ठूलो क्षति ब्यहोर्नुपरेको थियो । बाढीका कारण डिशहोमका आधिकारीक सब–डिलरहरूसमेत अछुतो नरहेको भन्दै कम्पनीले उनीहरूलाई राहत प्रदान गरेको हो । 

Advertisement

डिशहोमको सुरुवाती समयदेखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटटप बक्स)मा समेत क्षति पुगेको जानकारी दिएपछि सो क्षेत्रका डिशहोमका ग्राहकलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अतिप्रभावित पाँच जना सव–डिलरलाई जनही एक लाख रुपिया राहत स्वरुव प्रदान गरिएको छ । 

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरे । बाढीबाट अति प्रभावित सव–डिलर झलकबहादुर पण्डित, नेत्रबहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो । यसले पीडित सव–डिलरहरूलाई थौरै भए पनि राहत महशुस हुने र आफ्नो व्यवसाय पुनः सुचारु गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । 

Advertisement

Advertisement