तीन जलविद्युत कम्पनीले सेबोनबाट पाए आईपीओ निष्काशन गर्ने अनुमति

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले तीन जलविद्युत कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । साहस उर्जा कमपनी, न्यादी हाइड्रोपावर र बुद्धभूमि हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशन गर्ने अनुमति पाएका हुन् । 

सेबोनले सहास उर्जालाई १ करोड ५ लाख कित्ता, न्यादी हाइड्रोपावरलाई ४० लाख ५० हजार कित्ता र बुद्धभूमि हाइड्रोपावरलाई १२ लाख कित्ता शेयर बिक्रीको अनुमति दिएको हो । साउन ११ गते साहस उर्जा र न्यादी हाइड्रोपावरले तथा साउन १४ गते बुद्धभूमि हाइड्रोपावरले अनुमति पाएको हो । 

Advertisement

आईपीओ निष्काशनका लागि तीनवटै कम्पनीले यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेका छन् । साहास उर्जाले एनआईबिएल एस क्यापिटल, न्यादी हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटल र बुद्धभूमि हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरिएको सम्बन्धित कम्पनीहरुले जनाएका छन् । 

Advertisement

Advertisement