मोटरसाइकल चोरी गर्ने २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

Advertisement

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका धनेश्वारबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका–४ घर भई हाल काठमाण्डौ बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाण्डौ तारकेश्वथर–६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

Advertisement

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्वर-६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सीसीको पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं। प्रदेश ३–०२–००२ प ४८०३  खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए । 

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । 

उक्त मोटरसाइकल साउन १३ गते टोखा नगरपालिका धनेश्वईरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका–६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
 

Advertisement

Advertisement