बैंकले दिने ऋणमा ठूला व्यापारी र शहरका हुनेखाने वर्गको मात्रै पहुँच बढ्योः बाबुराम

Advertisement

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बैंकले दिने ऋणमा ठूला व्यापारी र शहरका हुनेखाने वर्गको मात्रै पहुँच बढेको बताएका छन् । अर्थ समितिमा भएको छलफलमा शुक्रबार भएको छलफलमा उनले बैंकको नाफाबारे पुनर्विचार गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाका लागि राष्ट्र बैंकलाई सुझाव दिने विषयमा भएको छलफलमा बाबुरामले भने, ‘गरिब तथा साना व्यवसायी लाभान्वित नहुने तर ठूला व्यापारिक घरानालाई मात्रै पोस्ने गरी ऋण प्रवाह हुँदा लक्षित वर्ग उकासिन सकिएका छैनन् । त्यसले बैंकले राख्ने निक्षेप र दिने कर्जाको ब्याजदरबीचको अनुपात घटाउने होकी ?’

Advertisement

बैंक बैंकबीच ऋण यताको उता पार्ने खेल भइरहँदा लक्षित वर्गले कर्जा नपाएको भन्दै उनले बैंकहरूले ‘म ढाड कन्याउछु, तिमी सुमसुमाए जस्तो गर’ भने जसरी ऋण आफूआफैमा लेनदेन गर्ने गरेको तर्क गरे । 

तर बाबुरामको तर्कमा विमति जनाउँदै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकले तोक्ने ब्याजदरमा समितिले हस्तक्षेप गर्न नमिल्ने बताए । उनले भने, ‘हामीले बैंकलाई यति नाफा गर, उती नाफा गर भन्ने हुँदैन । बैंकको सञ्चालन खर्च, तलब, कारोबार सबै हिसाब गरेर स्प्रेडदर तोकिएको हुन्छ । बैंक पनि पालिनुपर्‍यो नि । नाफा गर्छु भनेरै बैंक खोलिएको हुन्छ ।’ 

हालको स्प्रेडदर पनि न्यून ४.५ प्रतिशत मात्रै रहेकाले खासै ठूलो समस्या नरहेको उनले बताए । पाण्डेको भनाइै खण्डन गर्दै भट्टराईले बैंकको नाफा नभई समितिले गरिब जनताबारे सोच्नुपर्ने तर्क गरे । ‘बैंकरले कमाउने, गरिब जनता मारमा परोस् भन्ने पनि हुन्छ ?’ उनले प्रश्न गरे । फेरि प्रतिवाद गर्दै पाण्डेले बैंकले नाफा खानै नपाउने भन्ने त हुँदैन नि ! भने । दुई जनाबीच विवाद चर्किएपछि समितिका सभापतिले नै रोक्नुपरेको थियो । विवादपछि पूर्वअर्थमन्त्री पाण्डे बीचैमा उठेर हिँडेका थिए । 

Advertisement

Advertisement